अर्घाखाँचीका ६ पालिकाहरुमा नगरसभा सम्पन्न (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ पालिकाहरुमा नगरसभा सम्पन्न भएको छ । 
जिल्लाको भुमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, सन्धिखर्क नगरपालिकामा तेस्राे नगरसभा सम्पन्न भएको हो । त्यस्तै मालारानी गाउँपालिका, छत्रदेब गाउँपालिका, पाणिनी गाउँपालिकामा चाैथाे गाउँ सभा सम्पन्न भएको हो ।
मालारानी गाउँपालिकामा सभाको प्रमुख अतिथि प्रदेश सभा सदस्य चेतनारायण अाचार्यले उद्घाटन गरेका थिए । 
यस्तै सन्धिखर्क नगसभामा नगरप्रमुख कमल प्रसाद भुसालले बिनियोजन बिधेक तथा २०७५/२०७६ को बजेट नगसभाको बैठकमा पेस गरेपछि सर्बसहमतिले पारित गरेको थियोे ।
यस्तै छत्रदेव गाउँपालिकाको दोस्रो बजेट अधिवेशन तथा तेस्रो गाउँसभा वैठक आज देखी प्रारम्भ भएको छ । आज को दिन सभाका अध्यक्ष द्वारा पेश भएको आ.व. २०७५/७६ को निती तथा कार्यक्रम माथी छलफल गरी सर्वसम्मत रुपमा पारित गर्ने कार्यक्रम सम्पन्न भएको छ । त्यसका साथसाथै सभाका उपाध्यक्षबाट आ.व. २०७५/७६ को लागी पेश भएको करिब रु.४० करोड ६४ लाख ६६ हजार बराबरको बजेट सभामा पेश भएको छ । जस अनुसार चालु तर्फ रु.५ करोड ४३ लाख, पुँजिगत तर्फ रु.११ करोड १० लाख ६६ हजार, सशर्त कार्यक्रम तर्फ रु.१६ करोड ७९ लाख, सामाजिक सुरक्षा तर्फ रु.६ करोड ३६ लाख विनियोजन भएको छ ।
आ.व.२०७५/७६ का लागी विनियोजित बजेट अनुसार विभिन्न विषयगत शिर्षकमा रकम यस प्रकार रहेको छ :
१) कृषी तथा पशुपालन तर्फ रु.८२ लाख ३१ हजार
२) शिक्षा तर्फ रु.५१ लाख ६१ हजार
३) स्वास्थ्य तर्फ रु.३४ लाख ३० हजार
४) खानेपानी तर्फ रु.९८ लाख ५९ हजार
५) संस्कृती प्रवर्द्धन तर्फ रु.५८ लाख ३५ हजार
६) खेलकुद तथा मनोरन्जन तर्फ रु.२७ लाख ४५ हजार
७) लैङिक समानता तथा सामाजिक समावेशी तर्फ रु.६० लाख ५० हजार
८) सुकुम्ब बासी जनताको लागी जनता आवाश कार्यक्रम रु. २५ लाख
९) उर्जा तर्फ रु.१ करोड ८ लाख ८० हजार (रु.१ करोड फलामे पोल खरिदका लागी समेत) 
१०) दलित घर परिवार का लागी सोलार उर्जा जडान तर्फ रु. ६० लाख ( ठूलापोखरा, भगवति, अर्घातोष)
११) समपुरक कार्यक्रम तर्फ रु.१ करोड ५० लाख
यस बाहेक वडास्तर का विभिन्न योजना तथा आवश्यक कोष हरुको लागी विनियोजन भएको छ ।