सहयोगी बि.सी
सन्धिखर्क, अर्घाखाँची असार १० । अर्घाखाँची जिल्लाको प्रहरी प्रमुखमा हालै जिम्मेवारी समाल्नु भएका प्रहरी नायब उपरीक्षक नवराज मल्ललाई आज २ संस्थाले स्वागत तथा सम्मान गरेका छन।
अर्घाखाँची जिल्लाको सामाजिक संस्थाको रूपमा अग्रपंक्तिमा रहेका अर्घाखाँची युवा परिषद र सहकारी संस्थाको रुपमा रहेको साथी सहकारी संस्थाले स्वागत तथा सम्मान गरेका हुन।
उहाँलाई परिषदका अध्यक्ष काजी श्रेष्ठ ,साथि सहकारीका अध्यक्ष धर्मराज भुसालले स्वागत सम्मान गर्नु भएको थियो ।साथै सो अबसरमा परिषदका सल्लाहकार नेत्र प्रसाद भुसालले क्यालेन्डर ,टिसर्ट ,र संस्थाको परिचय र गतिविधि बारेमा बनाइएको प्रतिबेदन प्रदान गर्नुभएको थियो।
उक्त अबसरमा परिषद का निबर्तमान अध्यक्ष तथा साथी सहकारीका प्रमुख प्रकाश भुसालले परिषद स्थापना र हालसम्म गरेका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो।
उक्त अबसरमा उपस्थित पदाधिकारी सदस्य बाट जिल्लामा रहेका विभिन्न समस्या र समाधानका बिषयमा आ- आफ्ना बिचार प्रस्तुत गर्दै शान्तिसुरक्षा ,ट्राफिक समस्या ,लागू औंषध दुर्ब्यशनी ,जुवातास ,लगायतका बिषयमा प्रहरी संग हातेमालो गरेर अगाडि बढने प्रतिबद्धता जनाउनु भएको थियो।
सो अबसरमा कानुन उलंघन गर्ने जो कोहिलाई पनि कानुनी दायरामा ल्याएर कार्बाही गरिने र त्यसमा जिल्लाबासिले सहयोग गर्नुपर्ने बिचार ब्यक्त गर्नुभयो।
अर्घाखाँची युबा परिषदले गरेको कामको उच्च प्रशंसा गर्दै सामाजिक गतिविधिमा कार्यालय सबैसँग समन्वय र एकताबद्ध भै सकारात्मक रूपमा आफ्नो जिम्मेवारी बहन गर्न जतिबेला पनि तैयार रहेको बिचार व्यक्त गर्नु भएको थियो।