अर्घाखाँचीडट्कम संवाददाता
रिठेखोला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका – ३ रिठेखोला समसाम घाटमा (समाधीस्थल) सोलर बत्ती सहित पौवा निर्माण हुँदैछ ।
रिठेखोलाघाटमा जाँदा मलामीहरुलाई रातीको समयमा बत्तीको समस्य परेको भन्दै सोलार तथा चर्को घाम, पानीबाट निकै सास्ती खेप्नु परेको कारण पौवा निर्माण गर्न थालेको हो ।
सन्धिखर्क नगरपालिका–३ वडाध्यक्षमा लीला गौतमले रिठेखोला समसाम घाटको निर्माण अवलोकन गरेका थिए ।