छत्रदेव चापारुखकी १० वर्षिया मृगौला पीडित बालिकालाई आर्थिक समस्या


प्रेम खड्का 
सन्धिखर्क, अर्घाखाँचीडट्कम (अर्घाखाँचीडट्कम) । अर्घाखाचीँ जिल्लाको छत्रदेव गाँऊपालीका वर्डा नं. ४ चापारुखकी मृगौला पीडित बालिकालाई आर्थिक समस्या परेको छ । 
चापारुखकी १० वर्षिया रचना गिरीको दुवै मृगौलाले काम नगर्ने भएकोले हाल बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा डाईलॉसिस भईरहेको हुदाँ अगाडी आर्थिक समस्याले थप उपचार गर्न नसक्ने भन्दै परिवारले बालिकालाई बचाईदिन आर्थिक सहयोग गर्न अपिल गरेका छन् । 
बालिका रचनाले स्थानिय श्री राम प्रावीमा कक्षा ५ मा पढ्ने गर्छिन् । केही समयदेखि रचनाको बुटवलको गौत्तम बुद्ध मुटु अस्पतालमा उपचार भईरहेको छ । आर्थिक समस्याले गर्दा थप उपचार गर्न नसक्ने भएको बताइएको छ । 
उनको सहयोग गर्न चाहेमा ग्लोबल आई.एम्.ई. बैंकको बुटवल शाखाको खाता नं. ४७०७०१०००६७७७(रचना गिरी) र फोन ९८१७९४७२२५(बुबा राम नारायण गिरी) ९८६०२५१९६५ मा संपर्क गर्न सकिनेछ ।