सन्धिखर्क नगरपालिकाको नगर सभाद्दारा ५८ करोड ७५ लाख ३९ हजार रुपैयाको बजेट विनियोजन (भिडियो सहित)
आषाढ़ ११ गते, २०७५ मा प्रकाशित
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर सभाले ५८ करोड ७५ लाख ३९ हजार रुपैयाको बजेट विनियोजन गरेको छ ।
सन्धिखर्क नगरपालिकाको नगर सभाले पास गरेको निति तथा कार्यक्रम र बजेट विनियोजनको बारेमा पत्रकार सम्मेलन गरि नगर प्रमुख कमल प्रसाद भुसालले उक्त जानकारी गराए ।
नगरपालिकाले एक पशल एक गमला, एक घर एक गमला तथा एक घर एक विरुवाको निति अबलम्बन गरि सन्धिखर्क नगरपालिकालाइ हरित नगरपालिका बनाउने कार्यक्रम ल्याइएको सन्धिखर्क नगपालिकाका नगर प्रमुख भुसालले बताए ।
उनले सन्धिखर्कलाई नमुना नगर बनाउने गरि कार्यक्रम ल्याएको जानकारी दिए । उनले कृषि पशुपालन र पर्यटनबाट जनताको आर्थिक समृद्धि हुने भएकोले सोहि विषयलाइ प्राथमिकतामा राखेको बताए ।
नगर उपप्रमुख ठाकुर कुमार विकले प्रस्तुत गरेकोले वजेट तथा कार्यक्रमले सन्धिखर्कलाइ हराभरा नगरपालिका बनाउने बताए । उनले सन्धिखर्कको विकासमा सबैले साथ दिनु पर्ने बताउदै नागरिकहरुले अधिकार मात्र हैन कर्तब्य पनि खोज्नु पर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको सञ्चालन र नगरपालिकाका प्रबक्ता तथा वार्ड नम्वर ३ का वडाअध्यक्ष लिलाराम गौतमको स्वागतमा सम्पन्न भएको पत्रकार सम्मेलनमा वार्डअध्यक्षहरु युवराज बन्जाडे, मोतीजंग रायमाझी, कृष्ण श्रेष्ठ, राजेन्द्र भुसाल, कृष्ण आचार्य, प्रितम थापा, इश्वरी प्रसाद भुसाल, देव बहादुर क्षेत्री, लक्ष्मीनारायण चुँदाली, ध्रुब आचार्य र नारायण खड्का लगायतको उपस्थिति रहेको थियो ।