सन्धिखर्कमा लागू औंषध दुर्ब्यशनी विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न (भिडियो, तस्बिर सहित)
आषाढ़ १२ गते, २०७५ मा प्रकाशित
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा लागू औंषध दुर्ब्यशनी विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्र अर्घाखाँचीको आयोजनामा लागू औंषध दुर्ब्यशनी विरुद्ध जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा टोल टोलमा प्रहरी अभियान सञ्चालन गरेको छ । विभिन्न चेतना मूलक सन्देश प्रवाह गर्दै प्रहरी टोल टोलमा पुगेको छ । आत्महत्या, लागूऔषध दुव्र्यसनी, बालबिवाह, अपराध न्यूनिकरणका लागि प्रहरीले अभियान सञ्चालन गरेको हो । धुम्रपान, मद्यपान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा पनि चेतना जगाइएको छ ।
जिल्लामा आत्महत्या, बालविवाह, जवरजस्ती करणी, सम्वन्धविच्छेदका घटना बढि मात्रामा घट्न गरेका छन् । यि बाहेक हत्याहिंसा, कुटपिट झैझगडा, महिला हिंसा, पुरुषहिंसा लागूऔषध दुव्र्यसनी, चोरी, डकैतीका घटनाहरु पनि बेलाबेलामा घट्छन् । प्रहरीको यो अभियानले समाजमा शान्ति सुव्यवस्था कायम राख्नमा मद्दत मिल्ने आशा पलाएको छ ।