अर्घाखाँचीमा मसाल निकट युवक संघ जिल्ला समितिले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

बसन्त खड्का
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) ।  नेकपा मसाल निकट अखिल नेपाल युवक संघ जिल्ला समिति अर्घाखाँचीले युवकहरुका समस्या र जनसरोकारका विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय अर्घाखाँची मार्फत  प्रधानमन्त्रीलाई ज्ञापनपत्र  बुझाएको छ । 
युवक संघ जिल्ला समिति अर्घाखाँचीले युवाहरूमा रहेको समस्या जस्तै बेरोजगारी, वैदेशिक रोजगारीमा ठगि तथा अलपत्र परेका पीडित युवाहरूलाई उचित न्याय, राहत तथा पुनर्स्थापनाको माग गर्दै तेस प्रकारको ठगिमा संलग्न दोषीलाई कडा कार्बाहिको माग गर्दै सहायक प्रमुख जिल्ला अधिकारी टिकाराम अधिकारीलाई  ज्ञापनपत्र  बुझाएको हो ।
यस्तै वैदेशिक रोजगारमा रहेका युवाहरुले कार्यरत देशबाट नेपालको निर्बाचनमा मतदान गर्न पाउने ब्यबस्थाको माग गर्दै, तत्कालीन रूपमा देखापरेको समस्या जस्तै न्यून स्थानीय तहको अधिकार बिकास बजेटमा वृद्धि गर्न माग गर्दै, महङ्गी, भ्रष्टाचार, कमिसनतन्त्र बन्द गर्न र काला बजारी, कर-चोर, तस्कर, भ्रष्टाचारिलाई कडा सजाय दिन र बिदेशी दलाल कम्पनीहरुको एकाधिकारको बिरोध गर्दै, एनसेल लगएत अन्य बहुराष्ट्रिय कम्पनीहरुले राज्यलाई तिर्नुपर्ने अरबौ लाभकर तुरुन्त चुक्ता गर्न र गराउन जोडदार माग गर्दै  प्रधानमन्त्रीलाई ध्यानाकर्षण गर्नको निम्ति जिल्ला प्रशासन अर्घाखाँची मार्फत ज्ञापनपत्र बुझाएको छ ।  
अखिल नेपाल युवक संघ जिल्ला समितिले आज देशभर प्रधानमन्त्रीलाई ज्ञापनपत्र  बुझाएको छ ।