सन्धिखर्क नगरपालिकामा बाटो कालोपत्र गर्ने कार्यमा तीव्रता (भिडियो, तस्बिर सहित)
आषाढ़ १२ गते, २०७५ मा प्रकाशित
सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा बाटोमा कालोपत्र गर्ने कार्य भइरहेको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को साथी होटल हुदै चुत्राबेसी जोडिएको बाटोमा कालोपत्र बाटोको नगरप्रमुख कमल प्रसाद भुसालले अनुगमन गर्नुभएको छ ।
अनुगमन गर्दै नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ । उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पसुपालन सिपमुलक तालिम लाई अाफुहरु ले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु ब्याभारमा उतार्न अाग्रह गर्नु भएको हो ।
नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
अनुगमनमा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भयो ।
अनुगमनमा वार्ड अध्यक्ष युवराज बन्जाडे ईन्जिनियर नारायण पख्रेल उधोग बाणिज्य संघका सचिब युवराज खत्रि लगाएको उपस्थिति रहेको थियोे ।निर्माण ब्यबसायी काशी बस्यालले गरेको काम गुरणस्तरिय हुने गरेको स्थानियले बताएका थिए ।