सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ को आयोजनामा एकदिने अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ ले अभिमुखिकरण अबस्थामा महिलाहरूका लागि नियम कानुन सम्बन्धि एकदिने गोष्ठी अायोजना गरेको हो ।
सो अवसरमा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ । उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा महिला लक्षित कार्यक्रम महिला ससक्तिकरण कार्यक्रम तथा कृर्षि पसुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु ब्याभारमा उतार्न अाग्रह गर्नु भएको हो ।
एकदिने गोष्ठीको उदघाटन सत्रमा बोल्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकाश निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
उदघाटन कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । बिकले महिलाहरुका लागि धेरै अबसरहरु प्राप्त भएको बताउदै अब राजनीतिक क्षेत्रमा पनि महिलाहरुको उत्साहा जनक सहभागीता रहेको बताउदै महिला लक्षित कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको बताउनु भयो । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारि समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउदै अाफुले स्थानिय कानुन अनुसार काम गर्ने तथा मुद्दा हरु हेर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका बार्ड नम्बर १ का अध्यक्ष युवराज बन्जाडे, तालिमका प्रमुख प्रशिक्षक सम्भु पोख्रेल पत्रकार महासघका सचिब सुर्य प्रसाद भुसाल पत्रकार सहयोगी बिसी वार्ड सचिब कमल पोख्रेल सदस्यहरु सुनिता कुमाल बलु बिसी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रम युवराज बन्जाडेको अध्यक्षता लक्षमण पराजुलीको सन्चालनमा सम्पन्न कार्यक्रममा ८० जना महिलाहरुको सहभागीता रहेको थियो ।