– मुक्तिनाथ भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका अर्घाखाँचीका बेथीतिहरु हालै सार्वजनिक भएपछि त्यसलाई सुधार गर्नेतिर नलागी उल्टै कसरी ढाकछोप गर्ने भन्नेमा नगरपालिका केन्द्रित बनेको देखिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवालीको नाममा जारि गरिएको प्रेश विज्ञप्तीमा भत्तामात्र लिएका ठाकुर बिकलाई तलवी उपमेयर निएको र उनकी श्रीमती शारदा खनाल विकप्रति पनि पूर्वाग्रही भई समचार सम्प्रेषण गरिएको उल्लेख छ । तर नगरपालिका भित्रका अनियमित्ता बुझेका स्थानिय सचेत तप्काले यस विज्ञप्तीलाई पानी माथि ओभानो बन्न खोजेकोरुपमा बुझेका छन ।
तत्कालिन नेकपा माके जिल्ला संयोजक समेत रहेका ठाकुर कुमार बिक उपमेयर बने पश्चात ०७४ साउनदेखि पुस मसान्तसम्म मासिक ३५ हजारका दरले ६ महिनाको एकमुष्ट २ लाख दश हजार रुपैयाँ पारिक्षमीक शिर्षकमा उनको खाता नं. ३०५००२६९५२१० मा नगरपालिकाबाट भुक्तान गरिएको लेखा प्रमुखद्धारा हस्ताक्षरीत र सूचना अधिकारीवाट प्रमाणित गरिएको सूचना प्राप्त भएको छ । राज्यले निती नियम बनाईनसक्दै नागरिकको कर माथी होली खेलेर तलव खाने र खुवाउनेहरुलाई राज्यले दन्डीत वा पुरस्कृत के गर्ने हो यसको व्यग्र प्रतिक्षा गरिएको छ । बुझिएअनुसार ०७४ माघ देखि तलवी उपमेयर विकको निवासमा खाना पकाउन र घरायशी कामका लागि नगरपालिकाको तर्फवाट अलग्गै सेवाकर्मी राखिएको छ । यसवारे सूचना माग गरिएको भएपनि नगरपालिकाले हालसम्म सूचना उपलव्ध गराएको छैन ।
विगतमा मानव संसाधन विकास तथा वातावरण संरक्षण मञ्च नामक एनजीओमा संलग्न रहनुवाहेक कुनै पेसा, व्यवसाय र व्यवसाय नहुँदा पनि सदरमुकाममा ठाँटवाँटमा देखिने गरेका उपमेयर बिक जिल्लाको साविक अर्घा गाविसको राजुपानी स्थीत आर्थीक हिसावले निम्नस्तरको परिवारमा जन्मिएका व्यक्ति हुन । भुसाल, श्रेष्ठ, परियार एक-एक घर र बाँकी बिकहरु सहित करिव बिस बाईस घर रहेको राजुपानीमा हालसम्म पिउनेपानीको जटिल समस्या रहेको छ । राजुपानीवासीहरुका लागि खानेपानीको नाममा आर्थीक वर्ष २०७०-०७१ देखी आव २०७३-०७४ सम्म जिविस कार्यालय अर्घाखाँचीवाट १८ लाख ९६ हजार विनियोजन गरिएको थियो । जसअनुसार पछिल्लो आर्थिक वर्षमा ७ लाख ६० हजार कामै नगरि फ्रिज तुल्याईदिनुको अलवा आर्थीक वर्ष २०७२÷०७३ मा राजुपानीमा पोखरी मर्मत भन्दै सिंचाई विकास डिभिजन अर्घाखाँचीवाट ९ लाख ४५ हजार चार सय दुई रुपैयाको सम्झौता गरि ३ लाख ७५ हजार छ सय एक्चालिस रुपैया फ्रिज गराएको डिभिजनवाट सूचना प्राप्त भएको छ । उल्लेखित सम्पूर्ण आर्थिक वर्ष एवं रकमहरुमा सम्झौता तथा भुक्तानीका लागि गठन गरिएको उपभोक्ता समितिहरुमा उपमेयर विक स्वयं, उनको श्रीमती र भतिज आलोपालो प्रमुख पदहरुमा बस्ने गरेका भएपनि बजेटको उपलव्धी शुन्य हुने प्रक्षेपण गर्न सकिन्छ । खानेपानी जस्तो महत्वपूर्ण योजनाको बजेटमा उपमेयर तथा उनका खान्धानले लोभ नदेखाई व्यवसायीक ठेकेदारहरुलाई काम गर्न दिएको भए वजेट फ्रिज हुने थिएन कि भन्ने स्थानिय सरोकारवाल सबैलाई लागिरहेको छ ।
यस्तै राजुपानीवासीलाई खानेपानी भन्दै चालु आवमा नगरस्तरीय बजेट मार्फ्त रु ९ लाख अलग्गै विनियोजन गरिएको नगरपालिकावाट प्राप्त सूचनामा उल्लेख छ । स्थानिय निर्वाचन अगावै उक्त नगरपालिकामा दैनिक ज्यालादारीमा राखिएका ९ जना कर्मचारीहरुलाई चालु आवको प्रथम नगरसभा निर्णय नं. १४ अनुसार यो वर्षका लागि दैनिक ज्यालादारीमा निरन्त्र्रता दिने स्पष्ट छ । यसैप्रकार नगरपालिकाको मिति ०७४ भदौ ४ गतेको प्राप्त च.न. १४८ का सूचनाहरु अध्ययन गर्दा उल्लेखित कर्मचारीहरुले मासिक १६,२३० पारिक्षमीक बुज्ने गरेका थिए । बिडम्वना के छ भने ति ९ जना भित्र उपमेयर बिकको श्रीमती समेत रहेकी कारण उनलाई सहायक कम्प्युटर अपरेटरको पद सहित मासिक २२,१७० रुपैया पछिल्लो समयमा नगरपालिकाले भुक्तानी गरी कानुनलाई चुनौति दिएको सन्द्र्रभ लुक्न सक्दैन ।
अत आफना कमिकमजोरीलाई सच्चाँउदै निजी स्वार्थ भन्दा नागरिकको हितमा आफुलाई सर्मपित गर्न सके मात्र सम्बृद्ध सन्धिखर्क नगरपालिकाको सपना साकार हुन सक्थ्यो कि ?
(घटना र विचार साप्ताहिकवाट सभार)
सन्धिखर्क नगरपालिकाले निकालेको विज्ञप्ति यस्तो छ:
जेष्ट २७ आईताबार माओवादी केन्द्रको लेटर प्याडमा पुरानो मिती राखेर निकालिएको विज्ञप्ति यस्तो छ:
सम्बन्धित समाचार: