सन्धिखर्कमा पूर्ण खोप दिगोपनको लागि भेरीफिकेशन तथा प्रमाणीकरण गोष्ठी सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा पूर्ण खोप दिगोपनको लागि भेरीफिकेशन तथा प्रमाणीकरण गोष्ठी सम्पन्न भएको छ । 
प्रमाणीकरण गोष्ठीमा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल, उपप्रमुख ठाकुर कुमार विक लगायतको उपस्थिती रहेको थियो । 
गोष्ठीको आयोजना सन्धिखर्क नगरपालिका र स्वास्थ्य शाखा अर्घाखाँचीको आयोजनामा भएको हो ।