अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची असार १४, २०७५ । पटक पटकको विद्युत अनियमितताले जनताले सास्ती पाएको भन्दै विवेकशील साझा पार्टी अर्घाखाँचीले नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रको ध्यानाकर्षण गराएको छ ।
विद्युत अनियमितताका कारण जिल्लामा रहेका कल काराखाना तथा व्यवसायीहरु व्यवसायबाट पलायन हुने खतरा रहेको भन्दै पार्टीले यथासक्य छिटो विद्युत नियमित गर्न आग्रह गरेको हो ।
विवेकशील साझा पार्टीका प्रदेश सभा सदस्य पदका उम्मेदवार हरिप्रसाद भुसालको नेतृत्वमा केन्द्रमा पुगेका उनीहरुले समस्याको तत्काल पहिचान गरि निवारण गर्न माग गर्दै निमित्त कार्यालय प्रमुख साजन एडीलाई ध्यानाकर्षण् पत्र बुझाएका हुन् ।
पत्र वुझ्दै निमित्त प्रमुख एडीले समस्या समाधानको लागि आफुहरु प्रयासरत रहेको भन्दै केही दिनमै देखीने गरी सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
विवेकशील साझा पाटीका तर्फबाट भुसाल सहित सुमन अर्याल, लक्ष्मण नेपाली, बाबुराम वि।क। लगायतका नेता कार्यकर्ताहरु वितरण केन्द्र पुगेर तत्काल समस्या समाधान गर्न माग गरेका थिए ।