प्रकासित मिती: १४ असार २०७५
तालिममा जान भन्दै १ देखि ५ कक्षा सम्म बन्द गरिएको शिवादह माध्यमिक विद्यालय शितगंगा ६ जुकेना
प्रेमनारायण आचार्य
ठाडा, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नम्वर ६ जुकेनामा रहेको शिवादह माध्यमिक बिद्यालयका शिक्षकहरुले तालिममा जान भन्दै विद्यालयनै बन्द गरेका छन ।
शितगंगा नगरपालिका वाड नम्वर ६ मा रहेको शिवादह माविको १ देखि ५ सम्मका सबै कक्षा बन्द गरेर शिक्षकहरु नगरपालिकाको तालिममा ठाडा गएका हुन । विद्यार्थी पढाउन भन्दै जागिर खाएका शिक्षकहरु विद्यार्थीको पढाइनै बन्द गरेर तालिममा जानुले सरकारी विद्यालयका शिक्षकहरुको जिम्मेवारी प्रस्ट देखिन्छ ।
यि र यस्तै कारणले हो अभिभावकले वालवालिका निजि विद्यालयमा पढाउने पनि । नत पढाइको गुणस्तर छ नत विद्यार्थी प्रति शिक्षक तथा अभिभावकहरुको जिम्मेवारी नै छ । कसरि सुधार हुन्छ सरकारी विद्यालयको पढाइ ।
नगरपालिकाको शिक्षा शाखाले अंग्रेजी माध्यममा पढाउने नमुना विद्यालयका अंग्रेजी, गणित र विज्ञान विषयका प्राथमिक तहका शिक्षकको लागि आयोजना गरेको तालिममा सहभागी हुनकालागि भन्दै तीन जना शिक्षक गएपछि कक्षा १ देखि ५ सम्मको पढाइ बन्द गरिएको हो ।
विद्यालयमा पढ्न भन्दै घण्टौ पैदल हिडेर आएका विद्यार्थीहरु साढे १० बजे नै विद्यालबाट घर फर्किएको देखेपछि विद्यालयमा जादा यस्तो अबस्था देखिएको हो । शिक्षकहरु तालिममा जान परेकोले १ देखि ५ सम्मका विद्यार्थीलाइ सरहरुको तालिम छ । १५ गते पछि विदा हुदै छ । बर्षे विदापछि आउनु भनेर आफुहरुलाइ घरमा पठाएको विद्यालयबाट फर्किएका विद्यार्थीहरुले बताए ।
विद्यालयमा जादा ६ देखि १० सम्मका कक्षामा पढाइ थियो । विद्यालयका प्रधनाध्यापक कृष्ण प्रसाद आचार्य घरविदामा रहेको, उहाले निमित्त प्रअको जिम्मा दिएका द्रोण थापा आखाको अप्रेसनको लागि भन्दै विदामा गएपछि आफु निमित्तको प्रअको जिम्मामा रहेको शिक्षक नारायण आचार्यले बताए । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको तालिलमा तीन जना शिक्षकलाइ पठाउन परेपछि विद्यार्थीलाइ घरमा पठाएको उनको भनाइ छ ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरु भर्ना भएनन । सबै निजि बोर्णिंगमा गए भनेर अंग्रेजी माध्यममा नमुनाको रुपमा पढाउन भन्दै शितगंगा नगरपालिकाले अभियान थालेपनि स्थानीय स्तरमा यस्तो अबस्था छ । कसरि हुन्छ यसको कार्यन्वयन ।
शिक्षक नभएपछि विद्यार्थीलाइ घरमा पठाएको तर विदा दिने भनेर ब्यबस्थापन समितिको बैठक बसेर निर्णय नगरेको विद्यालय ब्यबस्थापन समितका अध्यक्ष सागर परियाले बताए । १२ जना शिक्षकहरु रहेको विद्यालयमा ३ जना शिक्षक विदामा बसेका छन । ३ जना शिक्षक तालिममा गएका छन ।
शिक्षहरुलाइ विद्यालय बन्द गरेर तालिममा नबोलाएको शितगंगा नगरपालिकाका शिक्षा प्रमुख माधव प्रसाद बन्जाडेले बताए । उनले तालिममा शिक्षकहरु आएपनि अन्य शिक्षकले विद्यालय सञ्चालन गर्नुपर्ने हो । विद्यालय बन्द भन्दै विद्यार्थी फर्काएकोमा उनीहरुलाइ नियमानुसार कारबाही हुने उनको भनाइ छ ।
१५ गते पछि विद्यालयमा बर्षे विदा हुदैछ । त्यहि विदामा तालिम सञ्चालन गरेको भएपनि विद्यार्थीहरुले पढ्नत पाउने थिए । १३ गते पछि सञ्चालन हुने तालिम १६ गतेबाट गरेको भए के बिग्रने थियोर यसमा नगरपालिकाको शिक्षा शाखाले पनि ध्यान दिनु पर्ने थियो ।
यस्तै शितगंगा नगरपालिका वाड नम्वर ७ मा रहेको वालकल्याण आधारभुत विद्यालयमा कक्षा १ देखि ३ सम्म एउटै कक्षामा पढाइ हुन्छ । त्यस्तै कक्षा ६ र ८ को पनि एउटै कक्षामा राखेर पढाउन्छन ।
भवन अभाव हैन शिक्षकहरुको अभाव । ६ जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा बुधबार दिउसो जादा २ जना शिक्षक मात्र रहेका थिए ।
अन्य चार जना शिक्षक मध्ये १ जना विरामी भएर विदामा बसेको अर्का एक जना शिक्ष सुत्केरी स्याहार विदामा रहेको र २ जना शिक्षक आन्तरिक परीक्षाकोलागि भन्दै विदामा बसेको प्रधनाध्यापक जीवन आलोक सारुले बताए । शिक्षकहरु नभएपछि २ जनाले पालैपाोे गरि एउटै कक्षामा राखेर पढाउन परेको उनले बताए ।
विद्यालयको पढाइ बन्द गरेर शिक्षकहरु विदामा बस्दा सम्म नत स्थानीय अभिभावकहरुले केहि भन्छन नत अनुगमन गर्ने निकायले अनुगमन गरेर कारबाही गर्छ । शिक्षामा देखिएको यस्तो बेथितिको अन्त्य गर्न नसके शिक्षामा परिबर्तन असम्भव छ ।
यी २ विद्यालय त बुधबार दखिएका र २ विद्यालयमा जादा भेटिएका उदाहरण हुन । अरु विद्यालयको अबस्था पनि कस्तो होला आफै परिकल्पना गरौ । अनि नेपालको सामुदायिक विद्यालयको नतिजा र गुणस्तरलाइ हेर्नु आबस्यक छ ।