सन्धिखकमा बालबिवाह न्युनिकरण लागुअौषध नियन्त्रण सम्बधि एक दिने तालिम सम्पन्न


सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची ।  सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले बाल बिबाह न्युनिकरण नभई पुर्ण रुपमा नगरभित्र निषेध गरिने बताउनु भएको छ ।
सन्धिखर्क नगरपालिका बार्ड नम्बर १ ले सन्धिखकमा अायोजना गरेको बालबिवाह न्युनिकरण लागुअौषध नियन्त्रण सम्बधि एक दिने तालिमको उदघाटन गर्दै नगरप्रमुख भुसालले बाल बिवाह लागुअौषध जस्ता जगन्य अपराध गर्ने जो कोहिलाई पनि छुट दिन नमिल्ने बताउदै नगर भित्र त्यस्ता गतिबिधि गरेको थाहा भएमा कानुन अनुसार कार्बाहि अगाडि बढाउन सम्बन्धित निकाएलाई अाफुले अाग्रह गर्ने बताउनु भयो ।
कार्यक्रममा नगरउपप्रमुख ठाकुर कुमार बिकले नगरपालिका भित्र लागुपदार्थ दुर्बेसनि बढन  नदिन सरोकारवाला सबै चनाखो हुनु पर्नेमा जोड दिनु भएको छ । उहाले बालबिबाह नियन्त्रण गर्ने सबैको दायित्वबाट पन्छिन नहुने बताउदै एकजना वा एक सस्थाले मात्र पहल गरेर यस्ता खालका गतिविधिहरु नरोकिने बताउदै सबै क्षेत्र समुदाय सरोकारवालाले यसको नियन्त्रणमा ध्यान दिनु अहिलेको मुख्य  अाबश्यक्ता भएको बताउदै बाल बिबाह गर्न अाउने लाई मन्दिरमा पुजा गर्ने पुजारीहरुले समेत उमेर सोधेर पुजा गराउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा वार्ड नम्बर २ का अध्यक्ष मोतिजग रायमाझी नेपाल पत्रकार महासंघका सचिब सुर्य प्रसाद भुसाल अभिभावक संघका अध्यक्ष बाबुराम पन्थि लगाएतले शुभकामना राख्नु भएको थियोे ।
कार्यक्रममा बरिस्ठ पत्रकार तथा माहासघका प्रदेस सदस्य सोभाखर पन्थि पत्रकार सहयोगी बिसि वार्ड सदस्यहरु बलु बिसि सुमित्रा कुमाल अासा परियार वार्ड सचिब कमल पोख्रेल समाज सेवी सुसिला  बन्जाडे महिला नेत्रि छमा कार्कि बसन्ता पौडेल प्रशिक्षक चुरामणि भुसाल जिल्ला न्याधिबक्ताको सहभागिता रहेको थियोे ।
कार्यक्रम वार्ड अध्यक्ष युवराज बन्जाडेको अध्यक्षता वार्ड सदस्य लक्ष्मण पराजुलीको सन्चालन सुमित्रा कुमालको सन्चालनमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बिभिन्न बिधालयका कक्षा ८ देखि १० सम्मका १०० जना बिधार्थि शिक्षकहरु स्वास्थ्य महिला स्यमसेबिका हरुको उपस्थिति रहेको थियोे ।