अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको पकलेमा फ्री वाइफाइ सेवा सञ्चालन भएको छ ।
किमडाडा सामुदायिक अध्ययन केन्द्रले आज मंगलवार देखि फ्री वाइफाइ सेवा सञ्चालन गरेको हो ।
फ्री वाइफाइ सेवा सञ्चालन आएसँगै स्थानियबासीले अध्ययन केन्द्रमा आइ निशुल्क सेवा लिन सक्नेछन् ।