मालारानी गाउँपालिकाभरका मोटर बाटोहरुमा ट्याक्टर चलाउन प्रतिबन्ध

अवैध ढंगले गिटी, वालुवा र ढुंगा नदीजन्य खोलाबाट निकालेर लैजादै गर्दा  नियन्त्रणपछि अर्घाखाँचीको जिल्ला प्रहरी कार्यालय हाताभित्र राखिएका ट्याक्टर । फाइल तस्बिर  (२०७१ श्रावण ३०, शुक्रवार) 

अर्घाखाँचीडट्कम संवाददाता 
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा ट्याक्टर चलाउन प्रतिबन्ध लगाइएको छ । 
अविरल वर्षासँगै मालारानी अन्तर्गत मोटर बाटोहरुको अवस्था नाजुक भएको भन्दै मालारानी गाउँपालिकाले  एक सुचना जारी गर्दै अनिश्चितकालको लागि सोमबारदेखि ट्याक्टर चलाउन प्रतिबन्ध लगाएको हो । 
मालारानी गाउँपालिकाले कसैले जारी सुचना विपरित ट्याक्टर चलाएको फेला परेमा कानुन बमोजिम कारबाही गरिने बताएको छ ।