सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले दलितहरुको अधिकारका लागि सिप मुलक कार्यक्रमहरु अगाडि सारेको बताउनु भएको छ ।
उहाले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ । उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा दलित लक्षित कार्यक्रम महिला ससक्तिकरण कार्यक्रम तथा कृर्षि पसुपालन सिपमुलक तालिम लाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
सन्धिखर्क नगरपालिले अायोजना गरेको दलित ससक्तिकरण तथा कानुनी साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रमको उदघाटन मन्तब्य राख्दै नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकाश निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
उदघाटन कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । बिकले दलित बर्गका लागि नगरपालिकाबाट बिभिन्न खालका सिपमुलक तालिमहरु दिने बेरोजगारी समस्या अन्त्य गर्ने बताउदै दलितका लागि धेरै अबसरहरु प्राप्त भएको बताउनु भएको हो । अब राजनीतिक क्षेत्रमा पनि दलित नेताहरुको उत्साहा जनक सहभागी ता रहेको बताउदै अब गरेर खाने र कसैले काखा पाखा गरे राज्यले छुट नदिने दावी गर्नु भयो । लक्षित कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको र सोहि अनुसारको कार्यक्रम अाफुहरुले अायोजना गरेको बताउनु भयो । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले अाफुहरुले सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारि समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउदै अाफुले स्थानिय कानुन अनुसार काम गर्ने तथा मुद्दाहरु हेर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा नगरपालिकाका शाखा अधिकृत गोबिन्द केसी लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा पन्डित जिबलाल चुदालिले धर्मकर्ममा कुनै बिभेद नभएको बताउनु भयो । उहाले नेता शिक्षक बाहुन ठिक भए मुलुक सम्बृर्द हुने बताउनु भयो ।
कार्यक्रम उपप्रमुख ठाकुर कुमार बिकको अध्यक्षता लिलाराम गौतमको स्वागत मन्तब्य नारायण पोख्रेलको सन्चालनमा सम्पन्न कार्यक्रममा अधिबक्ता जगन्नाथ भुसाल पबित्रा पौडेल दलित नेता प्रशिक्षक लोकेन्द्र बिक राम बसुले प्रशिक्षण दिनु भएको छ ।