सुर्य भुसाल
धनचौर, अर्घाखाँची । भुमिकास्थान नगरपालिकाका नगरप्रमुख कमल रेशम बहादुर थापाले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरे सम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा महिला लक्षित कार्यक्रम महिला ससक्तिकरण कार्यक्रम तथा कृर्षि पसुपालन सिपमुलक तालिम तथा स्वास्थ्य क्षेत्र लाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउनु भएको छ । भुमिकास्थान नगरपालिका वार्ड नम्बर १० धनचौरमा निर्माण भएको स्वास्थ्य चौकी भबन हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख थापाले समुन्नत हराभरा नगरपालिका बनाउन अाफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो ।
उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
भबन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख खडान्द बेल्बासेले अबको बाटो भनेको अार्थिक सामाजिक भएको बताउनु भएको हो । उहाले नगरपालिका भित्र महिला दलित जनजाति पिछडिएको बर्गका लागि धेरै अबसरहरु दिने गरि नगरपरिषदबाट बजेट बिनियोजन भएको बताउदै अब हरेक क्षेत्रमा सबै बर्ग समुदायको उत्साहा जनक सहभागीता रहनेमा अाफुहरु बिस्वस्त रहेको बताउदै सबै क्षेत्र लक्षित कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको बताउनु भयो । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले नगरपालिका भित्र भौगोलिक समस्या भएपनि बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउदै अाफुले स्थानिय कानुन अनुसार काम गर्ने तथा मुद्दा हरु हेर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष खगिश्वर पन्थिले वार्ड भित्र रहेका समस्या बिकास निर्माणका कामहरुका बारेमा जानकारी गराउनु भयो । सहरि बिकास डिभिजन कार्यालय भैरहवाको १ करोड ४३ लाखको लागतमा खनाल ब्रदर्सले काम सम्पन्न गरेको साईट ईन्चार्ज जगत खनालले जानकारी दिनु भयो ।
कार्यक्रममा निर्माण कम्पनीका सामाजिक तथा राजनीतिक अभियान्ता युवा ब्यबसायी कबिराम खनालले भबन निकै मिहिनेतका साथ गुरष्तरिय बनाएको भन्दै स्थानयले सम्मान गरेका थिए । भबन हस्तान्तरण समारोहमा जग्गा दाताहरुको तर्फबाट लेखनाथ पान्डे लगाएतले मन्तब्य राखेका थिए । भबन पाँच महिना अगाडि सम्पन्न भएको थियोे । भबन नमुना बनेको गाउलेहरुले बताए।