अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । युवा प्रतिभा पहिचान अन्तर्गत जिल्ला युवा समितिको कार्यालय, अर्घाखाँचीको आयोजनामा सम्मृद्ध नेपाल, सुखी नेपाली अभियानमा युवाको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला युवा समितिका अध्यक्ष लिल वहादुर वि.क. को अध्यक्षता, कार्यालय प्रमुख लिल वहादुर राउतक्षेत्रीको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला युवा समिति सदस्य सीता भुसाल, पत्रकार महासंघका अध्यक्ष हिम वहादुर जि.सी. लेकाली, पूर्व अध्यक्ष शोभाखर पन्थी, अर्घाखाँची युथ सेवाका प्रदीप नेपाली, अर्घाखाँची आवासीय मा.वि.का निमित्त प्राचार्य चोपनारायण वन्जाडे लगायतको आतिथ्यता रहेको थियो ।
पाणिनी क्याम्पसका उप प्रध्यापक माधवराज चुँदालीको संयोजकत्वमा निर्णायक मण्डल रहेको थियो । सहभागी युवाहरु मध्ये श्री जनजागृति मा.वि. सिद्धाराको सावित्रा भुसाल प्रथम, जनज्योति मा.वि. सन्धिखर्ककी नमुना पन्थी दोस्रो, ज्ञानप्रकाश मा.वि. डिभर्नाका सागर वस्याल, तेस्रो र हरिहर संस्कृत तथा साधारण मा.वि. पोखराथोकका सुरेन्द्र पन्थी ले सान्त्वना स्थान हासिल गरेका थिए । कार्यक्रममा उत्कृष्ट स्थान हासिल गर्नेहरुलाई क्रमश: ६०००, ५०००, ४०००, ३००० नगद सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सहभागीले असार २३ गते प्रदेश स्तरमा हुने प्रतियोगितामा समेत भाग लिन पाउने जिल्ला युवा समितिको कार्यालयका बाबुराम बन्जाडेले जानकारी दिएका छन् ।