पाणिनी गाउँपालीका वडा नं. ७ ले आज वडा भित्र रहेका अति विपन्न , जेहेन्दार तथा गरीव परीवारका बालबालिकाहरुलाई शैक्षिक समाग्री अन्तर्गत झोला वितरण गरेको छ । आज वडा नं. ७ अडगुरीमा रहेको वडा कार्यलयमा वडा भित्र रहेका ७ वटा सामुदायिक विद्यालयका करीव ५० जना बालबालिकाहरुलाई झोला वितरण गरीएको हो ।
झोला वितरण गर्दै वडा अध्यक्ष गुनाखर अधिकारीले वडाको मुख्य योजना भनेको वडा भित्रका कुनै पनि बालबालिकाहरु कुनै पनि कारणले विद्यालयको पहुँच बाहिर नरहुन् भन्ने उद्धेश्यले झोला विरण गरीएको बताए । उनले कहिँ कतै कुनै कारणले विद्यालय जान नसकेका बालबालिका भए उनीहरुका निम्ती वडाले सक्ने कुनै पनि सहयोग गर्न आफुहरु तयार रहेको बताएका थिए ।
कार्यक्रममा वडा सचिव नरेन्द्र प्रसाद पराजुली , पाणीनी गाउँपालीका कार्यपालीका सदस्य टोपकली कवदार , वडा सदस्य पदम बहदुर महत्रा , कमला सुनार , पत्रकार डिआरजी सुमन , नयाँ एफएमका माधव बेल्बासे , वडाका सामुदायिक विद्यालयका शिक्षक , शिक्षिका , विद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम वडा अध्यक्ष गुनाखर अधिकारीको अध्यक्षता , वडा सदस्य नविन कुमार टन्डनको स्वागत मन्तब्य एवं केशव मरासिनीको संचालनमा सम्पन्न भएको थियो ।
तस्वीर माधव वेल्वासे