सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा जनजाति सशक्तिकरण तथा कानूनी साक्षरता सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
अभिमुखिकरण कार्यक्रमको उदघाटन मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले जनजातिहरुको अधिकारका लागि सिप मुलक कार्यक्रमहरु अगाडि सारेको बताउनु भएको छ ।
भुसालले कृर्षि तथा पशुपालन सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ । उहाले नगरपालिका भित्रका सबै वार्डहरुमा लक्षित बर्गका कार्यक्रम महिला ससक्तिकरण कार्यक्रम तथा कृर्षि पसुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका कामहरु गुणस्तरीय नभए भुक्तानि रोकिदिने र त्यस्ता ब्यक्तिहरुलाई कार्बाहि गर्न अाफु पछाडि नपर्ने बताउदै बिकास निर्माण कृर्षि पशु पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो ।
उदघाटन कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । बिकले लक्षित बर्गका लागि नगरपालिकाबाट बिभिन्न खालका सिपमुलक तालिमहरु दिने बेरोजगारी समस्या अन्त्य गर्ने बताउदै दलितका लागि धेरै अबसरहरु प्राप्त भएको बताउनु भएको हो । अब राजनीतिक क्षेत्रमा पनि दलित नेताहरु जनजाति नेताहरु को उत्साहा जनक सहभागीता रहेको बताउदै अब गरेर खाने र कसैले काखा पाखा गरे राज्यले छुट नदिने दावी गर्नु भयो । लक्षित कार्यक्रमहरु नगरपालिकाले अगाडि बढाएको र सोहि अनुसारको कार्यक्रम अाफुहरुले अायोजना गरेको बताउनु भयो । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले अाफुहरुले सिकेका कुराहरुलाई व्याहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउदै अाफुले स्थानिय कानुन अनुसार काम गर्ने तथा मुद्दाहरु हेर्ने गरेको बताउनु भयो ।
कार्यक्रममा वार्ड अध्यक्ष पृतम थापा, नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत जिबन ज्ञवाली, अधिकृत गोबिन्द केसी लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा केबि भुसाल, सुरज सारु, खेम घर्तिले प्रशिक्षण दिनु भएको छ ।