सन्धिखर्कमा तिन महिने सिलाई कटाई तालिम सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका नगरपालिकाले अायोजनामा तिन महिने सिलाई कटाई तालिमको समापन भएको छ । 
तालिमको समापन कार्यक्रममा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसालले  सिपमुलक तालिमको बिकास गरि बेरोजगारी समस्या समधान नगरेसम्म बिकासले दुर्त गति लिन नसक्ने बताउनु भएको छ ।
भुसालले नगरपालिका भित्रका सबै वार्डहरुमा कृर्षि पसुपालन सिपमुलक तालिमलाई अाफुहरुले पहिलो प्राथमिकता दिएको बताउदै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भएको हो ।
समारोहमा  बोल्दै   नगरप्रमुख भुसालले समसन्नत हराभरा नगरपालिका बनाउन आफुहरु निस्वार्थ रुपमा लागि परेको बताउनु भएको हो । उहाले नगरपालिका भष्टचार मुक्त सुन्दर बनाउने अभियानमा सबैलाई सहयोग गर्न अाग्रह गर्दै बिकास निर्माणका  कामहरु अनुगमन गरेर सकरात्मक सुझाब सल्लाह दिन अाग्रह गर्नु भयो ।
भुसालले  कृर्षि पशु  पर्यटनलाई पहिलो प्राथमिक्तामा राखेर काम गरिरहेकाले नगर भित्र कुनै अनियमितता भएको भए अाफुलाई खबर गर्न अाग्रह गर्नु भयो । 
कार्यक्रममा नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले अबको बाटो भनेको अार्थिक क्रान्ति भएको बताउनु भएको छ । उहाले मुलुकमा अब सबै खाले क्रान्ति सफल भएको बताउदै अबको बाटो भनेको अार्थिक सामाजिक र कृर्षि क्रान्ति भएको बताउनु भएको हो । उहाले तालिममा सिकेका कुराहरुलाई व्यहारमा उतार्नु पर्ने बताउदै अब बेरोजगारी समस्या समधान गर्नका लागि पनि अाफुहरुले नयाँ नयाँ योजना नगरपालिका भित्र बनाउन थालेको बताउनु भएको हो । उहाले नगरपालिका स्वछ्व हराभरा तथा भष्टचार मुक्त बनाउने अभियानमा लागेको बताउदै सकरात्मक सुझाब सल्लाहको खाचो रहेको बताउनु भएको  ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत जिबन ज्ञवाली वार्ड अध्यक्ष युवराज बन्जाडे मोतिजङ रायमाझी  लगाएतले मन्तब्य राख्दै तालिममा सिकेका कुराहरु व्यहारमा उतार्न अाग्रह गर्नु भयो ।