सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । विभिन्न प्रकारका बचत खाताहरुसंगै मुद्दतिमा आकर्षक ब्याजदर लिएर आएसँगै अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित राष्ट्रिय बाणिज्य बैंकमा रकम जम्मा गर्नेहरुको भिड शुरु भएको छ ।
कृषि कर्जामा ५.७०% ब्याजमै कर्जा उपलब्ध गराउदै आएको यस बैंकले सर्त सहित ११% सम्मको मुद्द्ति खाता योजना ल्याएको हो । सामान्य बचत बिशेष बचत सुनौलो बचत डायमन्ड बचत कर्मयोगी बचत महालक्ष्मी बचत छुनामुना बचत शिक्षक बचत दिर्घायु बचत जस्ता आकर्षक ब्याजदर सहितका बचत खाताहरु ल्याएको शाखा कार्यालय सन्धिखर्कका शाखा प्रबन्धक गोपाल प्रसाद न्यौपानेले जानाकारी दिनुभयो ।
न्यौपानेका अनुसार मुद्दती तर्फ साधारण मुद्दती, बिशेष मुद्दती, कर्पोरेट मुद्दती, दिर्घायु मुद्दती जस्ता मुद्दती खाताहरुमा शर्त सहित ११% सम्म ब्याजदर प्रदान गरिएको बताउनु भयो । उहाँले थप्नु भयो; अब रकम जम्मा गर्ने ग्राहकहरुको ब्याज आर्जनको लागि राष्ट्रिय बाणिज्य बैंक लि. बाहेक अन्य बैंक धाउनु पर्ने कार्यको अन्त्य भएको छ ।
उता राष्ट्रिय बाणिज्य बैकमा खाता भएका सबै ग्राहकहरुले ग्राहक पहिचान बिबरण अर्थात KYC अनिवार्य रुपमा अपडेट गर्न अनुरोध गरेको छ । बैकबाट कारोबार गर्ने ग्राहकहरुको अषाढ ३२ अर्थात अषाढ मसान्त भित्र ग्राहक पहिचान बिबरण अपडेट नगराउने ग्राहक अर्थात संघ-संस्थाहरुको खाता रोक्का गरिने बाणिज्य बैक अर्घाखाँची शाखाका प्रबन्धक गोपाल न्यौपानेले जानकारी दिनुभयो ।
राष्ट्र बैकको निर्देशन अनुसार अाफ्नो बिबरण बुझाउनका लागि बैकले सबै संघसंस्था ग्राहकहरुलाई सुचना जारी गरेको र अहिले KYC अपडेट गराउनका लागि ग्राहकहरु बैकमा बिगत १ महिना देखि भिड लाग्ने गरेको कार्यालय कार्यलय प्रमुख न्यौपानेले जानकारी गराउनु भयो । उक्त फर्म भर्नका लागि बैकमा अाई सम्पर्क गर्न भन्दै सुचना जारी गरेको प्रबन्धक न्यौपाने बताउनु भयो ।
बैकमा अपडेट नभए सिधै खाता रोक्का हुने हुँदा तुरुन्तै ग्राह्कहरुलाई ९८५७०६११०० वा ९८४७०७०८९८ नम्बरमा सम्पर्क गर्न बैंकले अनुरोध समेत गरेको छ ।