सन्धिखर्कका भित्री सडक धमाधम पिच हुँदै, अर्को वर्षसम्म गाँउगाँउमा पक्की सडक
आषाढ़ ३० गते, २०७५ मा प्रकाशित
कमला पोख्रेल
सन्धिखर्क, अर्घाखाँची ३० असार । गाँउगाँउमा मोटरबाटो पुगेको अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कका भित्री सडकहरु पिच हुन थालेका छन ।
स्थानीय सरकारको निर्माण भएपछि जनताले सडक पिच गर्न माग गरेपछि सन्धिखर्क नगरपालिकाले सडक पिचलाइ धमाधम अगाडी बढाएको छ । सन्धिखर्क नगरपालिकाको वाड नम्वर १ र २ मा धमाधम रुपमा सडक पिच भएको हो ।
यस बर्ष बिपि चोक देखि मञ्चलाइन, भक्ति टोला देखि मसाल बजार, भक्तिटोला देखि माथीको सडक, साथी चोक देखि कजवेय, सम्मको सडकहरु पिच गरिएको छ । औष्तमा साढे पाँच मिटर चौडाइमा बाटो पिच गरिएको सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विकले बताए ।
सन्धिखर्क गोरुसिंगे सडक र मेड गल्लीहरुमात्र पिच भएको सन्धिखर्कका भित्री गल्ली तथा बाटाहरु पिच गर्न थालिएको उनको भनाइ छ । वाटो पिचकालागि यस बर्ष झण्डै सवा दुइ करोड विनियोजन गरेर काम भैरहेको उनले बताए ।
आगामी बर्ष पनि सडक स्तरोन्नतीको कामलाइ प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख कमल प्रसाद भुसालले बताए । गुणस्तरीयताकोलागि पिच हुने सडकको समयसमयमा गएर अनुगमन गर्ने उनको भनाइ छ । सडकमा गएर अनुगमन गर्ने र कमजोरी देखिएमा ठेकेदारहरुलाइ तुरुन्त सुधार गर्न आग्रह गर्ने उनको भनाइ छ ।
सालझण्डी सन्धिखर्क ढोरपाटन सडकले विहार देखि माटे सम्मको साढे सत्र सय किलोमिटर चार लेनको सडक पिच गरेको आयोजनाका प्रमुख होमबहादुर एसीले बताए ।
सन्धिखर्क देखि बल्कोट हुदै गुल्मीको तम्घास जोड्ने सडकको १८ किलो मिटर ओटासिल र ११ किलो मिटर ग्राभेल हुदैछ । सबै गाँउ गाँउमा मोटरबाटो पुगेको अर्घाखाँची जिल्लामा बाटोको स्तरोन्नतीको काम समेत अगाडी बढिरहेको हो ।
बर्षौ देखि बर्खामा हिलो र हिउदमा धुलोबाट ग्रसित र आजित बनेका स्थानीयहरु बाटो राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तर्गत ओटासिल र ग्राभेल हुने भएपछि हर्षित बनेका छन ।
सन्धिखर्कको क्यम्पस रोड देखि बल्कोट सम्मको साढे १८ किलो मिटर ओटासिल र छत्रगञ्ज देखि गुल्मीको सिमाना सम्मको ११ किलोमिटर ग्राभेल हुन थालेको जिल्ला प्राबिधिक कार्यलयका निमित्त प्रमुख नविन श्रेष्ठले जानकारी दिए ।
बाटो ओटासिल र ग्राभेल गर्नकालागि लुम्विनी कुशेस्वर धुलिखेल जेभी काठमाण्डौले भ्याट सहित २६ करोड ९९ लाख ४० हजार सात सय ५९ रुपैया चौसठ्ठी पैसामा ठेक्का लिएर धमाधम काम अगाडी बढाएको छ ।
२०७५ सालको असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि काम अगाडी बढिरहेको जिल्ला समन्वय समितिका संयोजक पिताम्वर शर्माले बताए । यो बाटो ओटासिल र ग्राभेल भएपछि बर्खा र हिउद १२ महिनानै यातायातका साधनहरु सञ्चालन हुनेछन ।
तोकिएको मिति २०७५ सालको असार १४ गते काम सम्पन्न गर्नका लागि लुम्विनी कुशेस्वर धुलिखेल जेभी काठमाण्डौले तिब्र गतिमा काम अगाडी बढाएको छ । दैनिक ४२ जना लेवरले काम गरिरहेका छन । भने ४ वटा जेसिभी, ३ वटा स्काभेटर, १३ वटा टिप्पर, ट्याक्टर ३ वटा ले काम गरिरहेको उनको भनाइ छ । ग्रेडर र लोडरले समेत काम गरिरहेका छन ।
यो बाटोबाट अर्घाखाँचीका सन्धिखर्क नगरपालिकाका सन्धिखर्क, वांगला, डिभर्ना, छत्रदेव गाँउपालिकाका बल्कोट, चिदीका, केरुंगा, छत्रगञ्ज, अर्घातोष, मरेंग र भगवती तथा गुल्मीका रेसुंगा नगरपालिकाका नेटा, कुडापानी र तम्घासका बासिन्दाहरु प्रत्यक्ष र अन्य स्थानका मानिसहरु सोत लाभान्वित हुने छन ।
बाटोमा कसरि काम अगाडी बढिरहेको छ। गुणस्तर कायम भएको छ छैन भनेर स्थानीयहरुले दैनिक रुपमा तथा जिल्ला समन्वय समिति, नगरपालिका र जिल्ला प्राविधिक कार्यलयबाट संयुक्त रुपमा अनुगमन भैरहेको समन्य समितिका प्रमुख शर्माले बताए ।
आफुहरुले प्रयोग गर्ने बाटोमा कसरि काम भएको छ । ठेकेदारले गुणस्तर कायम भएको छ छैन भनेर दैनिक रुपमा आफुहरुले हेरिरहेको सडक उपभोक्ता रिषब अधिकारीले बताए । सबै स्थानका स्थानीयले नहेरि बाटो गुणस्तर नहुने भएकाले सबै क्षेत्रका स्थानीय चनाखो बनेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ ।
गाँउगाँउका सडकहरु ओटासिल , ग्राभेल र पिच हुदै गएमा बढ्दो बसाइ सराइ रोकिने स्थानीयले अपेक्षा गरेका छन ।