आज २०५ औं भानु जयन्ती जिल्ला लगाएत देशभर मनाइदै

(२०७५ आषाढ २९, शुक्रवार)

अर्घाखाँची डक कम संवाददाता

२०५ औं भानु जयन्तीको अवसरमा अर्घाखाँची लगाएत देशभर विभिन्न
कार्यक्रम गरि मनाइदैछ।

भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका कवि भनेर चिनिन्छन  । उनी वाल्मीकि रामायणका अनुवादकका
रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि लिएका थिए । भक्तमाला (वि.सं. १९१०)
, वधूशिक्षा (वि सं १९१९) लगायतका कृतिहरू लेखेका छन्
। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि
उनी नेपाली साहित्यमा चिनिएका हुन ।भानुभक्तको जन्म धनञ्जय आचार्य र धर्मावतीदेवीका पुत्रको रूपमा तनहूँको रम्घामा विक्रम सम्वत १८७१ असार २९ गते भएको थियो । बाजे श्रीकृष्ण आचार्यबाट शिक्षा पाएका यिनले एउटा साहुको घाँस काटेर पाटी पौवा बनाउने इच्छाबाट केही न केही गरी नाम कमाउने प्रेरणा पाएका थिए भन्ने भनाइ छ । 

२०५ औं भानु जयन्तीको अवसरमा अर्घाखाँचीको सन्धिखर्क योगाहलमा आज दिन को १२ बजे कविता वाचन प्रतियोगिता हुदैछ । भानु प्रतिष्ठानले प्रज्ञा भवन कमलादी काठमाडौंमा प्रधानमन्त्री ओलीलेबोल्ने कार्यक्रम पनि रहेको छ ।