प्रेम खड्का
गोखुङ्गा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ९ गोखुङामा एक बृद्धा झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् ।
गोखुङाको पत्लिङकी ६५ वर्षिया बृद्धा जाल्पा पौडेल आफ्नै घर नजिकको फोर्सोको रुखमा झुन्डिएको अवस्थामा परेकी हुन् ।
साउने सक्रान्तीको लागि हिजो सोमबार साँझ मासु लिन गएकी बृद्धाको आज बिहान मकैबारीको फोर्सोको रुखमा झुन्डिएको अवस्थामा परिवारले फेला परेका थिए । प्रहरीले बृद्धा जाल्पा पौडेलले आत्महत्या गरेको बताएको छ ।
बृद्धा जाल्पाका श्रीमानको मृत्यु भईसकेको छ । उनका तीन छोरीको विबाह भईसकेको छ ।
बृद्धा जाल्पाले लामो समय देखि नसा सम्बन्धी औषधी लिदै आएकी थिईन् । शब पोष्ट मार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो ।
प्रहरीले घटनाको बारेमा अनुसन्धान भईरहेको बताएको छ ।