चुत्राबेसीको सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोलामा एक महिना धार्मिक साउने मेला शुरु (भिडियो, २२ तस्बिर सहित)
श्रावण २ गते, २०७५ मा प्रकाशित
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल सिद्धेश्वर शिवालय मन्दिर भक्तिटोला चुत्राबेसीमा आज देखि एक महिना धार्मिक साउने मेला सुरु भएको छ । धार्मिक मेलामा हजारौ भत्तक्तजनहरुको उपस्थिति रहने छ ।
आज देखि सुरु भएको साउने मेलाको सुरुको दिन आज बिहान चुत्राबेसीको भक्तिटोलामा रहेको सिद्धेश्र सिवालय मन्दिरबाट सुरु भएको कलश यात्रा चुत्राबेसी र सनिधखर्क बजारका बिभिन्न भाग पक्रिमा गर्दै सन्धिखर्कमा रहेको शिवालय मन्दिरमा पुगेको थियो । कलश यात्रा सहित भजन तथा नाचगान समेत गरिएको थियो ।
मन्दिरमा रहेको धारोमा विभिन्न तीर्थहरुको जल रहेको हुनाले त्यसबाट जल लगि बोल बम भन्दै बजारका बिभिन्न भाग परिक्रमा गरी सिद्धेश्वर सिवालय मन्दिरमा रहेको स्फटिकको शिवलिंगमा अर्पण गरिएको मन्दिरका संरक्षक नारायण खनालले बताए ।
ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको सुन्दर प्राकृतिक मनोरम स्थल सिद्धेश्वर शिवालय मन्दिरमा स्फटिकको शिवलिंग राखि दैनिक बैदिक बिधि पूर्वक पुजा आजा गरिदै आएको छ । स्फटिकको शिबलिंग भएको शिव मन्दिर नेपालकै इतिहासमा पहिलो भएको मन्दिर व्यवस्थापन समितिका दुर्गा श्रेठले बताए ।
साउन महिनालाई भगवान शिवको पुजाआजा गरिने महिनाका रुपमा लिइन्छ । साउन महिनाभर बैदिक पुजा आजाका साथ जलापर्ण सहितको कार्यक्रम राखिएको सिद्धेश्वर शिवालय मन्दिरले जनाएको छ । सिद्धेश्वरको प्रचारमा यस किसिमको मेलाले ठूलो टेवा पु-याउने छ ।