सुर्य भुसाल
सिद्दारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिकाको साबिक सिद्दारा गाबिसमा रहेका अधिकाम्स साल काठहरु सडेर जाने अबस्थामा पुगेका छन ।
साबिक सिद्दारा गाबिसका बिभिन्न ३० भन्दा बढि सामुदायिक बनहरुमा सामुदायिक बनले सकलन गरेको करोडौं रुपैयाँको काठ सडेर जाने अबस्थामा पुगेको भएपनि सम्बभित निकाय मौन रहेको छ । बिगत ५ सात बर्ष अगाडि संकलन गरेका काठहरु अहिले सम्म अलपत्र पर्दा सडेर नष्ट हुने अबस्थामा पुगेका हुन ।
सिद्दारा गाबिसमा रहेका धेरै सामुदायिक बनहरुले यस अगाडि ठेकदारहरुसँग मिलेमतो गरि सालकाठ सकलन गरेका थिए । बाहिर देख्दा समुहले गरेको देखाउने तर भित्रि रुपमा ठेकदारले जिम्मा लिने र सुचना लुकाई सस्तो दररेटमा काठ लैजाने काम ठेकदारले गरेका थिए । अहिले ठेकदारहरुले काठ नलैजादा समुहका पदाधिकारी तथा सम्बन्धित ईलाकाका कर्मचारीहरुले कुनै कार्बाहि नगरेका कारण ठेकदारले मनपरि गरेका हुन ।
सिद्दारामा रहेको मिलिजुली सामुदायिक बन देउराली महिला सामुदायिक बन लामिदमार सामुदायिक बन लक्ष्मि महिला सामुदायिक बन धौरालि सामुदायिक बनमा गरि झन्डै ५ करोडको काठ कुएर नष्ट हुन लागेको स्थानियले बताएका छन । पटक पटक गोप्य सुचना प्रकासन गर्ने तर काठ नलैजाने ठेकदारले गरिरहेका छन ।
जिल्लाबाट जाने जिल्ला स्तरिय अनुगमन टोलिले पनि कुनै चासो नदिएको कारण यस्तो समस्या उत्पन्न भएको हो । जिल्लाको सम्पति यसरि नष्ट हुने अबस्थामा पुग्दा पनि सरोकारवाला निकाए मौन छ ।
सामुदायिक बनहरुले लामो समय ठुलो परिमाणमा काठ बिक्रि गरेको भएपनि सिद्दारामा त्यसको उपलब्धि सुन्य जस्तै छ । त्यहाँका स्थानिय उपभोक्ताहरुको कुनै प्रगति नभएको भएपनि ठेकदार र त्यसका मोतियारहरु रातारात करोड पति पहिला बनेका थिए । केहि सामुदायिक बनको अाम्दानि बालुवामा पानी भएको छ । सबैका खातामा लाखौंलाख रुपैया जम्मा भएको भएपनि बाटो खन्ने नाउमा लाखौं रुपैयाँ सकिएको बिल भरपाईले देखाउने गरेको छ । बैज्ञानिक बन बनाउदा हरिया रुखहरु कटान गरिने र त्यस तर्फ सबैको ध्यान गएका कारण पुरानो काठ उठाउन नसकिने अबस्था रहेको केहि निर्माण ब्यबसायीहरु बताउछन ।
उता जिल्ला बन अधिकृत दिपक ज्ञवालीले भने पटक पटक काठ उठाउन समुहलाई पत्रचार गरेको र अहिले नउठाउने ठेकदारको धरौटी जफत गर्ने चेतावनी दिएको बताउनु हुन्छ । अर्घाखाँचीबाट चोरीको काठ लजाने सम्भाबना भने अहिले कम छ । दोबाटा ईलाका बन कार्यलयका प्रमुख अोलिमहमद राईनले सबै काठ सडन नदिनका लागि काठको टेन्डर गराएका सबै सामुदायिक बनलाई छिटो काठ उठाउन तागेता गरिएको दावी गर्छन ।