अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ फुदवाङमा साँढे (गोरु) ले आतङ्क मच्चाएको छ ।
फुदवाङमा साँढेको आतङ्कबाट कम्तीमा १० जना घाइते भएका छन् । घाइते मध्ये सन्धिखर्क -१ का राम बहादुर मुखियाको अबस्था गंभिर रहेको छ ।
फुदवाङमा एक्कासी आएर गोरुले मानिसहरुलाई हानेको थियो । साँढेलाई नियन्त्रण लिईएको छ ।