अड्गुरीमा रहेको देउराली सामुदायिक वनमा विरुवा रोपण

पहिलो प्रकासित मिती: साउन ४, २०७५ 
लक्ष्मण घिमिरे 
अड्गुरी, अर्घाखाँची । प्रदेश नं. ५ का उद्योग, वन तथा पर्यटनमन्त्री लिला गिरिले अर्घाखाँचीमा तेजपत्ताको विरुवा लगाएर राम्रो उत्पादन गर्न सकिने सम्भावना रहेकाले,, सबैले तेजपत्ता विरुवा लगाउनु पर्ने बताउनु भयो । 
पाणिनी गाउँपालिका वार्ड नं. ८ अड्गुरीमा रहेको देउराली सामुदायिक वनमा पुगेर स्थानीयसँगै विरुवा रोपण गर्दै उहाले,, सबै सामुदायिक वनहरुले व्यवसायिक तेजपत्ता खेती गर्न आग्रह समेत गर्नुभयो । अर्घाखाँचीमा तेजपत्ताका लागि राम्रो हावापानी र माटो भएकाले ,,यस्को व्यवसायीक खेतीले बढ्दो युवा शक्ति विदेश पलायन रोक्नका लागि, महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । 
पाणिनी गाउँपालिकाका धातिवाङ्ग, अड्गुरी, पटौटी लगायतमा अहिलेसम्म झण्डै ५ लाख तेजपत्ता अर्थात (सुन्कौली) का विरुवा रोपण गरिएको जिल्ला वनअधिकृत दिपक ज्ञवालीले जानाकारी दिनुभयो । 
कार्यक्रममा अर्घाखाँची क्षेत्र नं. २ का प्रदेश सांसद रामजी घिमिरे, पुर्व सांसद नजिर मियाँ, प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल, नेपाल कम्युनिष्ट पार्टीका नेता जिवनारायण कोईराला लगायतले देउराली सामुदायिक वनमा सामुहिक वृक्षारोपण गर्नुभएको थियो । 
तेजपत्ताबाट आठ वर्षपछि एक बोट वरावर ८ देखि १० हजारसम्म आम्दानी गर्न सकिनेछ । जिल्ला वन कार्यालय अर्घाखाँचीले तेजपत्ताको व्यवसायीक खेती गर्नका लागि यो वर्ष ५ लाख विरुवाहरु वितरण गर्ने योजना बनाएको सहायक वनअधिकृत टेकनारायण चौधरीले बताउनु भयो ।