अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लामा एक वर्षको अवधीमा सवारी नियम उलंघन गर्ने सवारीसधान कारवाहीबाट २९ लाख राजश्व संकलन भएको छ । नियम उलंघन गर्ने बस, ट्रक, ट्याक्टर, मोटरसाइकल, जीप-कारलाई गरेको कारवाहीवापत २९ लाख १२ हजार पाँच राजश्व संकलन भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यलयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४/०७५ को अवधीमा चार हजार छ सय २९ सवारी कारवाही परेका छन् । २ हजार ३ सय ६२ मोटरसाईकलबाट १३ लाख ४९ हजार, २ सय ६५ वटा बसबाट १ लाख ६३ हजार ५ सय, १ हजार १ सय ९२ वटा जिप-कारबाट ७ लाख ५, २ सय ४४ वटा ट्याक्टरबाट १ लाख ४२ हजार र ५सय ७५ वटा ट्रकबाट ४ लाख ५५ हजार राजश्व संलकन गरिएको हो ।
यस वर्ष गतवर्षको तुलनामा २ लाख ४८ हजार ५ सय रुपैयाँ बढी राजश्व संकलन गरेको छ । वर्ष २६ लाख ६४ हजार राजश्व संकलन गरेको थियो ।
साथै तोकिएको भन्दा बढी भाडा लिने सवारीसधानलाई पनि ट्राफिक प्रहरीले कारवाही गर्ने गरेको छ । बढी भाडा लिएका सवारीबाट भाडा फिर्ता गराउने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।
२५ वटा सवारी साधन दुर्घट्ना हुँदा ११ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०७४/०७५ मा २५ वटा सवारी साधन दुर्घट्ना हुँदा ११ जनाको मृत्यु भएको छ । दुर्घट्नामा ४९ जना गम्भीर घाईते र सामान्य घाइतेको संख्या ५६ रहेको छ । गत वर्षको तुलनामा दुर्घट्नामा परि मर्नेको संख्या कम छ । गतवर्ष मर्नेको संख्या २० रहेको थियो ।
यो एक वर्षको अवधीमा जिल्लामा ११ कार-जीप, ४ वटा बस, २ वटा ट्रक, ६ वटा मोटरसाईकल र २ वटा ट्याक्टर दुर्घट्नामा परेका छन् । गत वर्षको तुलनामा यस वर्ष दर्जन बढि सवारी साधन दुर्घट्ना भएका छन् ।
वर्षैपिच्छे दुर्घट्ना सवारी साधनको संख्या बढ्दै जानुमा नियम विपरीत सवारी चलाउनु, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनु, सवारीसाधानको संख्या पनि बढीरहेकोले, कच्ची-साघुरो सडक हुनु, सडकको अवस्था जीर्ण हुनु, चालकले तिब्र गतिमा सवारी साधन चलाउनु जस्ता कारण रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको भनाई छ ।