प्रविनको अहिले उपचारका लागि भैरहवा मेडिकल कलेजमा राखिएको छ ।
प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको लाहापेका शरीर जलेर घाइते पीडित बालकको आर्थिक कारणले उपचार हुन सकेको छैन् ।
लाहापेका बुबा तिलक परियार र आमा नमुना परियारको एक मात्र छोरा ५ वर्षिय प्रबिन परियारको आर्थिक कारणले उपचार हुन नसकेको हो ।
स्थानिय जलजला बोर्डिङ स्कुलमा कक्षा एल के जी मा अध्ययनरत बालक प्रबिन परियारको बिबाहको भोजमा गएको बेला आगलागी हुँदा शरीर जलेर घाइते भएका थिए ।
प्रविनको अहिले उपचारका लागि भैरहवा मेडिकल कलेजमा राखिएको छ । त्यहाँ उपचार हुन नसकेपछि अस्पतालले थप उपचारको लागि काठमाडौं लैजान रिफर गरेता पनि आर्थिक अवस्था कमजोर हुँदा बालक अलपत्र परेका छन् ।
आफ्नो छोराको जीवन रक्षाको लागि सहयोग उनका बाबुले अर्घाखाँचीडट्कम मार्फत सबैलाई अनुरोध गरेका छन् । उनलाई ९८१२८२८३६४ मा संपर्क गर्न सकिनेछ ।