मैदानको भर्तापुरमा पहिलो पटक बिजुली पुग्यो, स्थानीय बासिन्दा खुशीले गदगद

प्रदिप सुर्यवंशी मगर
भर्तापुर गेजा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वार्ड नम्बर ५ मैदान भर्तापुर तल्लो मसिना बर्थान गेजामा जनताहरु बिजुली  बाल्न पाउदा अत्यान्तै हर्षित बनेका छन ।
लामो समयदेखि बिधुत सेबाबाट बन्चित भएका स्थानीय बासिन्दा गाउँमा झकमकी बिधुत बोलेपछि खुशीले गदगद भएका हुन । झन्डै तिन सय घरकुरिया रहेको उक्त गाउँमा नेपाल बिधुत प्राधिकरण अर्घाखाँचीको ३५ लाख तथा पाणिनि गाउँपालिकाको २८ लाख गरि ५३ लाख भन्दा बढिको लगानीमा उक्त भर्तापुर क्षेत्रमा १०० केभिएको ट्रासफर्मर राखि बिधुत सेवा सुचारु गरिएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले जानकारी दिनु भयो ।
स्थानिय चुनाबका बेला जनतासँग गरेको प्रतिबद्धतालाई अाफुहरुले अात्मसाथ गर्दै बिधुत प्राधिकरण सित सहकार्य गरि बिधुत सेवा सुचारु गर्न सफल भएकोमा अाफुहरु समेत हर्षित भएको पाणिनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम र उपाध्यक्ष लक्ष्मि गौतमको भनाई छ ।
स्थानिय जनताहरुले पनि बिधुत बाल्न पाएको खुसियालीमा प्रदेश सासद रामजि प्रसाद घिमिरे गाउँपालिकाका अध्यक्ष अच्युत गौतम नेकपाका नेता जिबनारायण कोईराला र नेपाल बिधुत प्राधिकरणका प्रमुख बिरमान रासकोटीलाई भब्य स्वागत गरेका थिए । 
नेपाल बिधुत प्राधिकरणमा स्थानिय पाणिनि गाउँपालिका निबासी कार्यालय प्रमुख बिरमान रासकोटी हाकिम बनेपछि दुर्त गतिमा काम जिल्ला भर भईरहेको छ । बिधुत समितिले काम सम्पन्न गरेपछि एक भब्य समारोहका बिच प्रदेश नम्बर ५ का सासद रामजी प्रसाद घिमिरेले स्विच अन गरि बिधुत बालेर उदघाटन गर्नु भएको थियोे ।
उदघाटन कार्यक्रममा पाणिनी गाउँपालिकका अध्यक्ष युवा नेता अच्युत गौतमले पाणिनिको बिकासका लागि स्थानिय सरकार लागपरेको बताउदै जनमुखि कार्यक्रम कृर्षि पसुपालनमा अात्मनिर्भर बनाउनु अाफुहरुको पहिलो प्राथमिकता रहेको बताउनु भएको थियोे ।
कार्यक्रममा नेकपाका नेता जिबनारायण कोईराला गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत तिलक गौतम वार्ड अध्यक्ष जिबलाल घिमिरे स्थानिय नेताहरु रामप्रसाद घिमिरे सालिकराम घिमिरे ईन्दमणि घिमिरे बुद्धि जिसि नेपाल बिधुत प्राधिकरणका छबि पन्थि वार्ड सदस्य पार्बता सुनुवार टिका रास्कोटी लगायतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम उपभोक्त समितिका अध्यक्ष ८७ बर्षिय तिलविर गाहाको अध्यक्षता रामजि प्रसाद  घिमिरेको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो । @तस्वीर डिआरजी सुमन/अर्घाखाँची डटकम