सन्धिखर्कमा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न

बसन्त श्रेष्ठ ‘छापेली‘
सन्धिखर्क, अर्घाखाँची ८ श्रावण २०७५ ।  सामाजिक परीक्षण प्रति सेवा प्रदायक निकायको अपनत्वमा कमी रहेको एक कार्यक्रमका सहभागिले बताएका छन । 
एकीकृत ग्रामीण विकास समाज अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भएको स्वास्थ्य संस्थाको सामाजिक परीक्षण सम्बन्धी समिक्षा कार्यक्रममा बोल्दै नागरीक समाज संस्थाका प्रतिनिधीहरुले सो कुरा बताएका हुन । 
हालसम्म जिल्ला स्वास्थ्य कार्यालयले सामाजिक परीक्षण गराउँदै आएको भन्दै उनीहरुले जिल्लाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुको सेवा प्रबाह र विश्वसनीयतामा समेत कमी रहेको उनीहरुको भनाई थियो । कार्यक्रममा नागरीक समाज संस्थाका बाबुराम पौडेल, भोजबहादुर गन्दर्व, हरी पौडेल, नारायण भुसाल, फर्सुराम पाण्डे, नेत्र मरासिनी, पत्रकार महासंघका  अध्यक्ष हिमबहादुर जिसी ‘लेकाली‘, लगायतले स्वास्थ्य क्षेत्रका समस्याहरुलाई समाधान गर्न जिल्लाका स्थानीय तहसँग समन्वय गर्नुपर्नेमा जोड दिनुभएको थियो । जिल्लाका केही स्वास्थ्य संस्थामा समयमा औषधीको उपलब्धता नहुन, स्वास्थ्य कर्मी र व्यवस्थापन समितिबीच तालमेल नहुनु जस्ता समस्या रहेको भन्दै समिति र स्वास्थ्य कर्मीको बीचमा अभिमुखकीरणको जरुरी रहेको सहभागिको भनाई थियो । 
पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत भएको समिक्षा कार्यक्रममा जिल्ला स्तरमा सुशासन र जवाफदेहिताको क्षेत्रमा पैरबी गर्ने संघ संस्थाका प्रमुख तथा प्रतिनिधीको सहभागिता रहेको थियो । कार्यक्रममा आर्थिक वर्ष २०७४÷०७५ मा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरेका संघ संस्थाका प्रतिनिधीको सहभागिता रहेको थियो । समिक्षा कार्यक्रममा सामाजिक परीक्षणको क्रममा सेवाप्रदायक निकायमा यस प्रति अपनत्वको पूर्ण बोध हुन नसकेको बताइएको थियो । 
कार्यक्रममा स्वास्थ्य संस्थाहरुको समाजिक परीक्षण प्रतिबेदन तथा कार्ययोजना कार्यान्वयनमा सम्बिन्धित निकायको ध्यान जान नसकेको भन्दै नागरीक समाज संस्थाहरुले पैरवी गर्नुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, कार्यकारी निर्देशक कृष्ण बि.क, अर्घाखाँची शाखा उपाध्यक्ष अनिल भुसाल, सचिव सागर परियार, पारष्परिक जवाफदेहिता परियोजना संयोजक हीरा कुवँर, जिल्ला कार्यक्रम अधिकृत बसन्त श्रेष्ठ, सामुदायिक अनुसन्धानकर्मी सबिता आचार्य लगायतको उपस्थिती रहेको थियो ।