प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा तीजलाई मध्यनजर राख्दै सस्तो बजार खुलेको छ ।
सन्धिखर्क स्थित बागीखोलाको कज्बय पुल नजीक बाम्रुकका खडानन्द भुसालले सस्तो बजार शुरु गरेका हुन् । १५ दिनसम्म लाग्ने यस बजारमा महिला र पुरुषका लागि सम्पूर्ण कपडा ७५% सम्म छुट सहित विक्रीमा राखिएको छ ।
यस बजारमा महिलाका लागि हरेक कपडा र पुरुषको लागि समेत सुट १०० देखि ५०० रुपैयामा राखिएको छ । अहिले यहाँ कपडा किन्नेको भिड लागेको छ ।
खडानन्दले यस अघि पनि १३ दिने सस्तो बजारबाट २४ लाख कमाई गरेका थिए ।