सन्धिखर्क नगरपालिकाका मेयर भुसाल र उपमेयर बिक कार्यालयमा नबस्दा सेवाग्राहीलाई निक्कै सास्ती


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाका मेयर  र उपमेयर बिक कार्यालयमा नबस्दा सेवाग्राहीले निक्कै सास्ती पाएका छन् ।
सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल र उपमेयर ठाकुर कुमार बिक प्राय कार्यालयमा बस्दैनन् भने आएपनि उनिहरु समयमा नआउदा सेवाग्राहीले निक्कै सास्ती पाएका हुन् । उनिहरु १० बजे कहिले पनि कार्यालयमा पुगेका हुँदैनन् ।  
विभिन्न काम लिएर नगरपालिकाको कार्यालयमा पुगेका सेवाग्राहीले मेयर र उपमेयरलाई नभेट्दा फर्केर जान वाध्य भएको देखिन्छ । साथै पटक-पटक एउटै कामका लागि नगरपालिका आउँदा समेत काम हुन नसकेको गुनासो सन्धिखर्कका सेवाग्राही कमल खनालले बताए । समस्या एकदिनको मात्र नभई प्राय जसो यस्तै समस्या आईरहने सेवाग्राहीको गुनासो छ ।  काम लिएर आएका सेवाग्राहीहरु यि नगर मेयर, उपमेयर र कर्मचारीलाई कुर्दा कुर्दै हैरान परेको देखिन्छन् । 
सन्धिखर्क नगरपालिकाका मेयर  भुसाल र उपमेयर  बिक प्राय कार्यालयमा नआई कहिले अनुगमनको नाममा, कहिले होटेल, फलफुल, किराना पसल उद्घाटन, पार्टीका कार्यक्रम, सानातिना संघ- संस्थाका गोष्टीमा पुगेका हुन्छन् । अचम्मको कुरा त के भने एक जना सहभागीता हुने कार्यक्रममा प्राय मेयर, उपमेयरसँगै पुगेका हुन्छन् ।
मेयर र उपमेयरले कार्यालय नगई यहाँ अनुगमन भयो, यो कार्यक्रममा सहभागीता गरियो भन्दै दिनभरी फेसबूकमा फोटो राख्न मात्र व्यस्त हुन्छन्, यिनिलाई चुनाव जिताएर जुन अपेक्षा गरिएको थियो त्यो नभएर सेवाग्राहीले धेरै दु:ख पाएका छन्, भन्छन्; चुत्राबेशीका लेखनाथ भुसाल । मेयर  भुसाल र उपमेयर  बिकले भत्ता कमाउन कार्यालय समयमा संघ- संस्थाका कार्यक्रम, अनुगमन भन्दै नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत लगायतका कर्मचारीहरुलाई सहयोगी भन्दै लिएर हिंडेको देखिन्छ, उनले भने।
यि मेयर र उपमेयर कहिले पनि १० बजे कार्यालयमा पुग्दैनन् नै यसका अलवा नगरपालिकाकाका कर्मचारीहरु कोही पनि समयमा हाजिरी भएको देखिदैन्, चुत्राबेशीका लेखनाथ भुसालले भने। यहाँका कर्मचारीहरु प्राय ११, १२ बजे आउने अनी १० बजे आएको हाजिर गर्ने, २,३ बजे नै हिड्छन् । यहाँका ईन्जिनियर र ओभरसियरहरुले पनि पैसा दिने सेवाग्राही, ठेकदारका काम गर्छन्, मेयर, उपमेयर लगायत यहाँका उच्च तहका कर्मचारीले व्यापारी, ठेकदारको मिलिमतोमा ठेक्का दिने गर्छन् उनले भने । अर्घाखाँचीमा लगभग सबै २५ प्रतिशत काम गरेर ७५ प्रतिशत खाने चोर ठेकदार छन् । 
यद्यपी सन्धिखर्क नगरपालिकामै भेटिएका कर्मचारीले भने कुनै सेवाग्राहीको काम प्रभावित नभएको प्रतिक्रिया दिएका छन् ।  
यस्तै सन्धिखर्क नगरपालिकाका वार्ड नम्बर १ का युवराज बन्जाडे, वार्ड नम्बर २ का मोतिजङ्ग रायमाझी, वार्ड नम्बर ३ का लिला गौतम वार्ड नम्बर ४ का कृष्ण प्रसाद श्रेष्ठ वार्ड नम्बर ५  का राजेन्द्र भुसाल वार्ड नम्बर ६ का कृष्ण प्रसाद आचार्य वार्ड नम्बर ७ का पृतम बहादुर थापा वार्ड नम्बर ८ का ईश्वरी प्रसाद भुसाल वार्ड नम्बर ९ का देवि बहादुर रायमाझी वार्ड नम्बर १० का लक्ष्मिनारायण चुँदाली वार्ड नम्बर ११ का ध्रुवराज आचार्य वार्ड नम्बर १२ का नारायण खड्काका कार्यालयमा नबस्दा सेवाग्राहीले निक्कै सास्ती पाएका छन् ।
यि सबै वार्डका वडाध्यक्षहरु समयमा कार्यालय आएका देखिदैन् । साथै यि १२ वार्डका वडाध्यक्षहरुले बिकास कार्यक्रम, तालिम, कृषि सामाग्री वितरणमा आफ्ना मान्छेलाई दिने, यस्तै बाटो, निर्माणका ठेक्का दिदा मिलिमतोमा आफ्ना पक्षका स्काभेटर ठेक्दारलाई दिने गरेका भन्दै स्थानियबासीको गुनासो रहेको देखिन्छ ।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएको एक वर्षभन्दा बढी बित्यो । तर, यस अवधिमा कतै पनि स्थानीयलाई परिवर्तनको अनुभूति हुने गरी विकास गतिविधि अघि बढेको छैन । निर्वाचनताका गरिएको प्रतिबद्धता जनप्रतिनिधिले बिर्सिएको मतदाताको गुनासो छ । नगरवासीले जनप्रतिनिधि आएपछिको परिवर्तन अनुभव गर्न पाएका छैनन् । सडक, खानेपानी तथा नागरिकका अत्यावश्यक माग दिनहुँ थपिँदै छन् ।