अर्घाखाँचीडट्कम संवाददाता
वाँगी, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ वाँगीमा पौवा र पोखरी निर्माणमा ठुलो रकम हिनाबिना भएको छ ।
एक लाखमा निर्माण गरिएको शिखरेको ट्रस ।
वार्ड नम्बर ५ वाँगी स्थित शिखरेमा हालै निर्माण गरिएको पौवा(ट्रस) र नेटापोखरा लगायतमा बनाइएका १० वटा पोखरीमा ठुलो बजेट हिनाबिना भएको हो । जुन निर्माणमा मालारानी 5 वडाअध्यक्ष शोभाखर भुसालको संगलनता रहेको स्थानियबासीको दावी छ ।
एक लाख लागतमा निर्माण गरिएको शिखरेको ट्रसमा ५५ प्रतिशत अर्थात ४५ हजार भष्ट्रचार भएको देखिन्छ । जहाँ टिन, फलामका पिल्लर, पिल्लरको लागि सिमेन्ट गर्दा अनिमानित ५०, ५५ हजार खर्च भएको देखिन्छ ।
यस्तै वाँगीको नेटापोखरा लगायतमा तीन लाख लागतमा बनाइएका १० वटा पोखरीमा पनि आधा रकम भष्ट्रचार भएको देखिन्छ । एक पोखरीलाई स्काभेटर लगाएर बनाउदा सरदर बढी १५ हजार रुपैयासम्ममा बन्ने देखिन्छ । १० वटा पोखरी १ लाख ५० हजारमा बनाउन सकिने देखिन्छ ।
तीन लाख लागतमा यस्तै १० वटा पोखरी बनाइएको छ ।
शिखरेको ट्रस र १० वटा पोखरी राम्रोसँग खर्च गरे अनुरुप बनाइएको छैनन् । स्थानिय प्रतिनिधि र ठेक्दारको मिलिमतो रहेको स्थानियबासीले बताए ।
वडाअध्यक्ष शोभाखर भुसालले भने भष्ट्रचारको बारेमा कुनै प्रतिकिया दिएका छैनन् ।
अर्घाखाँचीका कैयौ जनप्रतिनिधिले चुनाव लडदा चुर्लुम्म ऋणमा डुबेको बताईरहेको बेला मालारानी गाउँपालिका वार्ड नम्बर ५ वाँगीमा भष्ट्रचार भएको समाचार आएको छ । अर्घाखाँचीमा लगभग सबै २५ प्रतिशत काम गरेर ७५ प्रतिशत खाने कामचोर ठेकदार छन् उनिहरुसँग मिलेर जनप्रतिनिधि ठेक्कापट्टा गर्दै आएका छन् ।
स्थानीय तहमा जनप्रतिनिधि चुनिएको एक वर्षभन्दा बढी बित्यो । तर, यस अवधिमा कतै पनि स्थानीयलाई परिवर्तनको अनुभूति हुने गरी विकास गतिविधि अघि बढेको छैन । निर्वाचनताका गरिएको प्रतिबद्धता जनप्रतिनिधिले बिर्सिएको मतदाताको गुनासो छ । स्थानियवासीले जनप्रतिनिधि आएपछिको परिवर्तन अनुभव गर्न पाएका छैनन् । सडक, खानेपानी तथा नागरिकका अत्यावश्यक माग दिनहुँ थपिँदै छन् ।