सन्धिखर्कको भद्रीखोलाका एक परिवारको दर्दनाक कहानी, सहयोगको याचना

सहयोगी बि.सी
सन्धिखर्क, अर्घाखाँची साउन १३ । अर्घाखाँची जिल्लाको जिल्ला अस्पताल अर्घाखाँचीमा एक युवती अलपत्र परेका छन् । 
सन्धिखर्क नगरपालिका वार्ड नं. २ भद्रीखोलाकी २५ बर्षिय पुनम बादी (पासवान) आर्थिक अभावको कारण जिल्ला अस्पताल सन्धिखर्कमा झण्डै अलपत्र अबस्थामा हुन् । 
१४ बर्षको उमेरमा कपिलवस्तु बहादुरगंज सुरानिया निवासी शंकर पासबान संग प्रेम बिबाह भएको थियो। उनका १ छोरा र २ छोरी छन् । श्रीमानले पछील्लो पटक पुनम हेलागर्ने, खान नदिने गर्दै आएका थिए । 
घटना यस्तो छ: – श्रीमानले पछील्लो पटक पुनम हेलागर्ने, खान नदिने खबर थाहा पाएपछि निजको देवरले भारतबाट केही रकम पठाई दिन थाले ।भाउजू लाई सम्झाउने चिन्ता नगर्नुस ।छोराछोरी राम्रो संग पाल्नुस भनेर सम्झाउन थाले ।
पापिको मन न हो त्यो कुरा पुनमको श्रीमानलाई चित्त बुझेन।अनि अनेक संका गर्न गाली गर्न थाल्यो।त्यो कुरा बाहिरी समाज सम्म पुग्यो। २ पटक गाउँ भेला भयो ।गाउँले ले यस्तो हुनै सक्दिन उ भारत छ भाउजुलाई पैसा पठाई दिनु के नराम्रो कुरा भयो भनेर संझाए।तर शंकरको मनमा शंकाले जरा गाडिसकेको थियो।
अन्तत निज पुनम र भारतबाट देवरलाई झिकाएर गाउँ निकाला गरेँ गाउँ निकाला गर्दा निजहरु रुँदै रुँदै छोराछोरी छोडेर निस्किए। ती बालबच्चा छोडेर भारत तर्फ लागे ।
पुनमका भनाई अनुसार हामी दुबै ४- ५ महिना सम्म पबित्र रूपमा देवर भाउजुको रूपमा बस्यौं।तर त्यो कुरा कसैले पनि पत्याउन सक्ने अवस्था थिएन।
त्यसपछि हामी श्रीमान र श्रीमतिको रूपमा अगाडि बढयौं।तर ती छोराछोरीले दुख पाएको थाहा पाएर नेपाल फर्केयौं।
र छोराछोरी लिएर सन्धिखर्क ५ बलेबाङ खोलामा बालुवा गिट्टिको काम गर्न सुरु गर्‍यौ। उनका अनुसार अर्का साइला जेठाजु पनि हामी नजिकै काम गर्नुहुथ्यो। मेरा पुर्ब पति जसले सन्धिखर्क १० बिहारको इटाभट्टिमा काम गर्नुहुन्थ्यो । उहाँ म संग फेरि आएर छोराछोरीले दुखपाए ।अब मिलेर फेरि पति पत्निको रूपमा बस्ने प्रस्ताव गर्नुभयो।तर त्यो समय अत्यन्तै ढिलो भएको थियो। किन कि निजका भाइको पेटमा बच्चा बनेको अबस्थामा मैले मान्ने कुनै कुरै थिएन।त्यसपछि मेरो पति र निजको भाइ कृष्ण पासवानले भाई लाई मारेर मलाई श्रीमती बनाउने मनसाय राखी दुईभाइले मेरा पतिलाई मार्ने सल्लाह गरे । २०७४ माध २५ गते बिहान शंकर र कृष्ण दुईभाइले बिहानै देखि खुकुरी उदाउने चक्कुमा साँध लगाउने गर्नुभएको थियो।
म आफैले के काटनुहुने हो र भनेर सोधपुछ गर्दा भरे भाले काटने हो भनेर भनेपछि आफुलाई पनि १-२ सयको मासु राखिदिन अनुरोध गरिन। त्यसपछि दिउँसो देखि नै भाइ भाइ झगडा गर्ने कि तु मरेगा ,कि हम मरेगा भन्दै जिस्कने हाँस्ने सामान्य रूपमा लडने गरेपछि शंका लागेर पुनम द्वारा जिल्ला प्रहरी र पाली प्रहरी लाई फोन गर्दा जिल्ला प्रहरी कार्यालय आउनुहोस भनेर प्रहरीले अनुरोध गर्‍यो तर घटना प्रती हेलचेक्राई देखायो । अन्तत साँझ  एक्कासि हामी बस्ने पलास्टिकको छाप्रोमा आई चक्कु प्रहार गरे लिभरले हाने र उहाँ गुहार माग्दै भाग्नुभयो।पछि जंगलबाट घाइते अबस्थामा जिल्ला अस्पताल ल्याउदा नल्याउँदै निजको मृत्यु भयो।
प्रेमको हत्यागर्ने दुबै दाजुभाई २० बर्ष कैदको भुक्तानका लागि कारागार चलान भै सकेका छन। निज पुनम अहिले १ छोरा र २ छोरिको साथ भद्रीखोलामा मासिक भाडामा बसेकी छन।
न उनी अब घर जान सख्दछिन।न उनिसंग सरकारले दिने सुबिधा पाउन नेपाली नागरिकता छ।न बस्ने बाँस छ न खाने अन्न छ ।
यो अबस्थामा मैले निज पुनमलाई जिल्ला अस्पतालको प्रशुती कोठा नं१ मा भर्ना गरेको छु।जिल्ला अस्पताल बाट हुनसक्ने सबै सुबिधा पाउँदा पनि अन्य औंषधी खरिद ,विभिन्न परिक्षण लगायत डेरामा रहेका बालबच्चाको निम्ति समेत ब्यबस्थापन गर्नुपर्ने अबस्था भएकोले सामाजिक संजाल मार्फत सहयोगको याचना गरेको छु। दानिलाई हानी हुँदैन।