अर्घाखाँचीडट्कम संवाददाता
अमराइ, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितागंगा नगरपालिका वार्ड नम्बर ४ ठाडाको अमराईकी एक महिलाले संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा आत्महत्या गरेकी छिन् ।
अमराईका टुकलाल खनालकी ३८ वर्षिया श्रीमती रिता खनालले दुबईमा आफुले काम गर्ने दुबई स्थित टेनजिस्को सप्लायर्स कम्पनीको बाथरूममा झुन्डिएर आत्महत्या गरेकी हुन् । ढोकाको चुक्कलमा चुन्नीको टुप्पो बाधिएको र शब घोडाले टेकेर भुईमा बसेको अवस्थामा मृत भेटीएको बताइएको छ । शनिबार बिहान ११ बजे खाना खाने बेलामा रिता खनाल नअाउदा खोज्ने क्रममा बाथरूममा फेला पारीएको थियो ।
वैदेशिक रोजगारका लागि २ वर्षदेखि युएईमा कार्यरत रितालाई हिजो शनिबार सलको पासोले झुण्डिएको अबस्थामा कार्यालयका कामदारहरुले फेला परेका थिए । कामदारहरुले झुन्डिएको अवस्थामा फेलापछि स्थानिय प्रहरीलाई खबर गरेका थिए । उक्त कम्पनीमा ४ जना महिला कामदार रहेका छन् ।
प्रहरीले शबलाई पोष्टमार्टमका लागि नजिकको शारदा सरकारी अस्पतालमा लगेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान अनुसार आत्महत्या गरेको बताएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् भने प्रहरी अनुसन्धान गरिरहेको बताएको छ । घटनाको युएई स्थित नेपाली राजदुताबासलाई जानकारी गराइएको छ । पोष्टमाट्मपछि घटनाको पुर्ण रिपोर्ट अाएपछि मृतकको शबलाई नेपाल ल्याउने र घटनाको अनुसन्धान प्रकृयालाई अगाडि बढाएको दुबई स्थित नेपाली काउन्सलरले बताएको छ ।
रिताले दशैं मनाउन नेपाल आउने तयारी गरेकी थिईन् । रिताका १ छोरा र १ छोरी छन् । उनका श्रीमान टुकलाल खनाल अमराबती युबा क्लब र विभिन्न सामाजिक संघ-संस्थासँग आबद्ध हुनुका साथै खनाल स्टोरका संचालक हुन् । उता मृत्युको खबरले अमराई बजार शोकमा डुबेको छ । पसलहरु बन्द छन् ।