शितगंगा नगरपालिकामा न्यायिक समितिले मुद्धाहरु समाधान गर्न थाले पछि उजुरी गर्नेको संख्या बढ्यो

Image result for शितगंगा नगरपालिका arghakhanchi.com
अराज सिहं बेल्बासे 
ठाडा, अर्घाखाँची । देशकै ठुलो क्षेत्रफलमा फैलिएको अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा रहेको न्यायिक समितिले बिवाद समाधान गर्न थाले पछि नगरपालिकामा उजुरी गर्नेको संख्या बढ्न थालेको छ । 
बिबाद समाधानको लागी गठन भएको न्यायिक समितीमा १ बर्षको अबधीमा ४३ वटा एक मुद्धा न्यायिक समितीमा दर्ता भएकान्यायिक समितीका संयोजक टिका रेस्मीले बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता हुने गरेको र अहिले समाधमनको लागी मौखित तथा लिखीत निबेदन पर्ने गरेको रेस्मीले बताउनु भयो ।
ठुलो क्षेत्रमा फैलिएको नगरपालिका भित्र हुने विवाद, झैझगडा, अशं भण्ड जस्ता पीडितहरूले न्यायिक समिती बाट न्याय पाउन नसकेको रेस्मीले बताउनु भयो । बिभिन्न कारणले कार्तिकमा गठन भएको न्यायिक समितीले समितीमा पर्ने मुद्धाको स्थलगत अध्यन गरि न्याय दिने गरेको न्यायिक समितीका मेलमिलापकर्ता रिषी घिमिरेले बताउनु भयो । न्यायिक समितीले काम गर्न थाले पछि साना तथा ठुलां मुद्धा हरु न्यायिक समेतीमा पर्ने गरेको घिमिरे बताउनु भयो । 
समितिमा परेका ४३ वटा मुद्धा मध्ये २१ वटा मुद्धाको मेलमिलाप मार्फत टुङगाइएको छ । २१ वटै मुद्धाहरु स्थलगत निरिक्षण गरी मिलापत्र गरिएको र बाँकी पनि टुङगो लगाउनु पर्नेमा भौलोलिक बिकटताले गर्दा बर्खाले सडक हरु खराब हुँदा पैदल जान समस्या भएको ति पनि छिटै किनार लगाउने न्यायिक समितीका मेलमिलापकर्ता घिमिरेले बताउनु । प्रकृति हेरि केही मुद्धाहरु प्रहरीमा पनि पुराउने गरिएको छ । बिषेस गरि सितगंगा नगरपालिकामा पारिवारिक झगडा , बहुबिवाह,अंशभण्डा, सम्बन्ध बिच्छेदका मुद्धा हरु बढी पर्ने गरेका छन । साथै नगरपालिकामा शाखागत कक्ष नहुदा समस्या हुने गरेको छ । 
यस्तै कर्मचारी ब्यवस्थापनले पनि न्यायिक समिती प्रभाभित भएको छ , भौगोलिक हिसावले निकै ठुलो क्षेत्र भएकोले कुनै उजुरी निकै टाडा हुने गर्दा समस्या हुने गरेको मेलमिलापकर्ता घिमिरेले बताउनु भयो ३,४ दिन लागेर मेलमिलापको काम गरे पनि नगरपालिका बाट आर्थिक कुनै सहयोग नहुँदा समस्या हुने गरेको छ ।