अर्घाखाँची डट्कम संवाददाता
खाचिकोट मैदान (अर्घाखाँची डट्कम) अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाँचीकोटमा विभिन्न पार्टी परित्याग गरी एक सय भन्दा बढी स्थानीय बासिन्दा र कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
खाँचीकोट मैदानमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता फर्स बहादुर केसि ,ढुक बहादुर खत्री ,चुरा बहादुर केसि , नेपाली काँग्रेसका युवा नेता टुल्क बहादुर थापा,सुरज थापा लगायतका एकसय भन्दा बढी नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।
पार्टी प्रवेश गरेकाहरुलाई फुलमाला र अबिर लगाई नेकपाका नेताहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नेकपा स्थायी कमिटीका सदस्य टोपबहादुर रायमाझीले राष्ट्र निर्माणको अभियानमा जुट्न सबै पक्षलाई अाग्रह गर्दै पुर्ब उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले राजनिती क्रान्ति समाप्त भएसँगै अब सिङ्गो मुलुक आर्थिक क्रान्तिमा होमीएको बताउँदै मुलुकको समृद्ध र बिकासको लागि नेपाल कम्युनिस्ट पार्टी निर्माण गरिएको बताउदै , पार्टी प्रबेस गर्ने नेता तथा कार्यकर्ता लाई ढुक्कसँग पार्टी काममा लाग्न आग्रह गर्दै क्षमता अनुसारको जिम्मेवारी दिईने समेत बताएका थिए ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेता तथा राष्ट्रिय सभाका सदस्य चन्द्रबहादुर खड्का उज्वल, प्रदेशसभा क्षेत्र नं.१ का सदस्य चेतनारायण आचार्य, प्रदेशसभा क्षेत्र नं.२ का सदस्य रामजी प्रसाद घिमिरे र नेकपाका नेता जिवनारायण कोईरालाले जिल्ला लाई लाल किल्ला बनाई बिकास र सम्बृद्धि मार्फत जनताको जिबन स्तरमाथी उठाउने समेत बताए ।
कार्यक्रममा भुमिकास्थान नगरपालिकाका प्रमुख रेशम थापा , पत्रकार शाेभाखर पन्थी, हिम लेकालीले नव प्रवेसिहरूलाई धन्यबाद ज्ञापन गरेका थिए । नब प्रबेसि अगुवा फर्सबहादुर के.सी. ले प्रतिबद्धता मन्तब्य राखेका थिए ।
कार्यक्रम लक्ष्मण कँडेलको संचालनमा सम्पन्न भएको थियो भने केही समय यता बिभिन्न पार्टी परित्याग गरि नेकपामा प्रबेस गर्नेहरुको लहर नै चलेको नेकपाका नेताहरूको भनाइ रहेको थियो ।