सुर्य भुसाल | तस्बिर: प्रेम खड्का
सन्धिखर्क, अर्घाखाँची । नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानले सगठन बिस्तारमा लाग्न सबै भातृ सस्थाहरु तथा पार्टि कार्यकर्ताहरुलाई निर्देसन दिनु भएको छ ।
नेपाल महिला संघको ७१ अौ स्थापना दिबसको अबसरमा अायोजित फलफुल बितरण तथा प्रबचन कार्यक्रममा मन्तब्य राख्दै मुस्कानले रचनात्मक काम गाउँ गाउँ बस्ति बस्तिमा अगाडि बढाउन निर्देसन दिनु भएको हो । उहाले बर्तमान सरकारले जनताका लागि महङगि र भष्टचार उपाहार दिएको बताउदै अागामी ५ बर्षमा नेपाली काङ्ग्रेस पहिलो पार्टि बन्ने गरि सगठन बिस्तार गर्नेमा जोडदिनु भएको हो ।
कार्यक्रममा पुर्व सभापति तथा जिसस प्रमुख पिताम्बर सर्मा पुर्व सभापति तथा नगरप्रमुख कमल प्रसाद भुसाल माहासमिति सदस्य केशब श्रेष्ठ महिला नेतृ लक्ष्मि श्रेष्ठ नेपाल तरुण दलका अध्यक्ष नारायण खड्का नेपाल पत्रकार माहासघका सचिब सुर्य प्रसाद भुसाल अस्पतालका मेडिकल अधिकृत डाक्टर कपिल गौतम लगाएतले मन्तब्य राख्नु भएको थियोे ।
कार्यक्रम महिला सघका अध्यक्ष शान्ता भन्डारिको अध्यक्षता श्रृर्जना पोख्रेलको स्वागत सगिता बेल्वासेको सन्चालनमा सम्पन्न भएको हो ।