अर्घाखाँचीडट्कम संवाददाता
पाली, अर्घाखाँची । वैदेशिक रोजगारको क्रममा दुबईमा पौडी खेल्ने क्रममा समुन्द्रमा डुबेर मृत्यु भएका अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर – ८ पाली बरपोखराका चोपलाल सुनारको शब नेपाल ल्याइएको छ ।
पाली बरपोखराका राम बहादुर सुनारका ४४ वर्षिय माहिला छोरा चोपलाल सुनारको दुबईमा गत साउन १७ गते समुन्द्रमा नुहाउने क्रममा डुबेर मृत्यु भएको थियो । चोपलालको शब युएईमा सम्पूर्ण प्रकृया पुरा गरी १० दिन पछि नेपाल ल्याइएको हो ।
परिवारले दाहसंस्कारको लागि काठमाडौं देखि रिडिघाट लागेका छन् । चोपलाल दसैंमा घर आउने तयारी गरेका थिए ।