अर्घाखाँचीका चार उत्कृष्ट सामुदायिक वन उपभोक्ता समुहहरुलाई पुरस्कार वितरण तथा सम्मान (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा उत्कृष्ट सामुदायिक वन उपभोक्ता समुहहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । 
जिल्ला वन कार्यालय अर्घाखाँचीको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँचीको सहआयोजनामा तेस्रो सामुदायिक वन दिवस २०७५ को अवसर पारेर आ.व २०७४।०७५ को समग्र कार्यसम्पादन मुल्यांकन गरि जिल्लाका चार उत्कृष्ट सामुदायिक वन उपभोक्ता समुहहरुलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । 
जिल्लाका चार उत्कृष्ट सामुदायिक वन उपभोक्ता समुहहरुमा शितागंगा नगरपालिका १३ को धिरीखोला सामुदायिक वन उपभोक्ता समुह प्रथम, मालारानी ४ को रातुका जालकाँडा सामुदायिक वन उपभोक्ता समुह द्धितिय, पाणीनी २ को कालापातल सामुदायिक वन उपभोक्ता समुह तृतीय र सन्धिखर्क नगरपालिका -२ धाइरीचौर बेहोरे सामुदायिक वन उपभोक्ता समुहले सान्त्वना पुरस्कार पाएको छ ।
कार्यक्रम प्रमुख अतिथिमा जिल्ला समन्वय समिति सभापती पिताम्बर शर्मा र सामुदायिक वन उपभोक्ता महासंघ अर्घाखाँची अध्यक्ष रामचन्द्र पोख्रेलको विशेष अतिथिमा सम्पन्न  भएको थियो । 
 
यस्तै शिला पोख्रेलको संयोजक तथा संचालकमा सम्पन्न पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको अध्यक्षता सहायक वन अधिकृत कार्यक्रम अध्यक्षता निमित्त जिल्ला वन अधिकृत टेक नारायण चौधरीले गरेका थिए ।