१९ अौ अन्तरास्ट्रिय युवा दिबस सन्धिखर्कमा प्रबचन कार्यक्रम सहित सम्पन्न (तस्बिर सहित)

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा १९ अौ अन्तरास्ट्रिय युवा दिबस आज  प्रबचन कार्यक्रम सहित सम्पन्न भएको छ।
   सन्धिखर्क नगरपालिका र जिल्ला युवा समिती द्वारा आयोजित कार्यक्रममा बोल्ने बक्ता हरुले अब भाषण भन्दा काम गर्नुपर्ने दिन आएको भन्दै सकारात्मक सोंचबाट नै समाज रुपान्तरण हुने र भएको कुरा बाट उत्साहीत हुँदै अन्य काम गर्न युवा नै अगाडि बढनु पर्दछ।
      बहुसंख्यक युवा  वैदेशिक रोजगारमा गएको र त्यो  जनशक्ती नै कुनै सीप नभएकोले बढि दुखको काम गर्न परेको बिचार ब्यक्त गर्नु भएको थियो।
  रास्टिय युवा नीति देशमा लागू भैसकेकोले अब काम गर्न खोज्ने युबा जनशक्ति लाई राज्य र स्थानीय निकायले सपोर्ट समर्थ गर्ने भएकोले युवा हरु उद्द्म क्षेत्रमा संलग्न हुन आग्रह गरिएको थियो।
      जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर शर्मा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसाल ,उप – प्रमुख ठाकुर कुमार बि. क. सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा ,छम कुमारी खनाल चिनारी ,पिताम्बर खनाल ,गोपाल पौडेल लगायतले आ आफ्नो बिचार ब्यक्त गर्नु भएको थियो।
    कार्यक्रम जिल्ला युवा समितिका संयोजक लिल बहादुर बि. क . कार्यालय प्रमुख लिल बहादुर राउत क्षेत्री ,शाखा अधिकृत चोप लाल बेल्बासेको संचालनमा कर्मचारी मिलन केन्द्र सन्धिखर्कमा सम्पन्न भएको थियो।