सन्धिखर्कदेखि खनको बरमकोट जाने सडक पहिरोको कारण दशौ दिनदेखि अवरुद्द, सम्बन्धित निकाय मौन (भिडियो, तस्बिर सहित)

प्रेम खड्का
नौलापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क हुँदै खनको बरमकोट जाने बाटो लगातारको वर्षापछि आएको पहिरोको कारण दश दिनदेखि अवरुद्द भएको छ ।
सन्धिखर्कदेखि बिहार- नौलापानी हुँदै खनको बरमकोट जाने बाटो लगातारको वर्षापछिको आएको पहिरोले दश दिनदेखिक अवरुद्द भएको हो ।
सडक अवरुद्द भएपछि सवारीसाधन नचल्दा मानिसहरु हिंडेर आवतजावत गर्न वाध्य छन् । साथै बाटो आवतजावत गर्ने मानिसहरुलाई पनि पहिरोको कारण सस्ती झेल्नु परेको छ ।
यस्तै विरामीहरुलाई पनि डोकोमा अस्पताल लैजाने वाध्यता भएको छ।
उता दशौ दिन बितीसक्दा पनि सडक नखुल्दा र सम्बन्धित निकाय मौन बसेको भन्दै स्थानियबासीहरु आक्रोसित भएका छन् ।