बुटवल, बुटवलस्थित यातायात व्यवस्था कार्यालय लुम्बिनीको सवारी शाखामा कार्यरत मेकानिकल इन्जिनियर सरोजकुमार शाह सेवाग्राहीसँग लिएको घूससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले शाहलाई सोमबार दिउँसो साढे १ बजे उनकै कार्यकक्षबाट २० हजार नगदसहित पक्राउ गरेको हो।
एउटा कम्पनीमा रहेको सडक निर्माणमा प्रयोग गरिने लोडर अर्को कम्पनीमा नामसारी गर्न आएका सेवाग्राहीबाट २० हजार घूस लिँदै गर्दा शाहलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले पक्राउ परेका इन्जिनियर शाहमाथि म्याद थप गरी आवश्यक कारबाहीका लागि प्रक्रिया अगाडि बढाइने जानकारी दिए। सेतोपाटिमा खबर छ ।