नेकपा (विप्लप) को नेपाल बन्दले अर्घाखाँचीको जनजीवन प्रभावित

श्याम घिमिरे 
सन्धिखर्क, अर्घाखाँची साउन २९   । नेकपा (विप्लप) समुहले आयोजना गरेको नेपाल बन्दको कारण मंगलबार विहानै देखि अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायत बिभिन्न स्थानको जनजीवन पुर्णरुपमा प्रभावित भएको छ ।
बन्दका कारण विहानै देखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजार, उद्योगधन्दा तथा शिक्षण संस्थाहरु पुर्ण रुपमा ठप्प रहेका छन । बजारमा बन्द कर्ता भने बजारमा देखिएका छैनन् । 
नेकपाले आफ्ना पार्टीका स्थाथी समिति सदस्य तथा प्रबक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्ड लगायत केन्द्रिय नेतालाई विना कारण प्रकाउ गरेको भन्दै रिहाईकोे माग गदै आज नेपाल बन्दको धोषणा गरेको हो ।