अर्घा भगवती विमानस्थलको शिलान्यास भएको २५ महिना बितिसक्दा पनि शुरु भएन् निर्माण

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा निर्माण हुने अर्घा भगवती विमानस्थलको शिलान्यास भएको २५ महिना बितेको छ । शिलान्यास भएको २१ महिनापछि विमानस्थल बन्ने क्षेत्रमा रुख कटान सुरु भएको थियो । रुख कटान सकिएपनि विमानस्थल बनाउन खन्ने तथा अन्य काम भने सुरु भएको छैन ।
सन्धिखर्क नगरपालिका-१० धरम्पानीको शिखरबार्नीमा निर्माण हुन थालेको विमानस्थलको २०७३ साल असार १३ गते तत्कालिन नेपाल सरकारका उपप्रधान तथा उर्जामन्त्री टोप बहादुर रायमाझिले शिलान्यास गरेका थिए । विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीवासिहरु अब विमानस्थल नबन्नेत हैन भनेर चिन्ता ब्यक्त गर्न सुरु गरिसकेका छन ।
Image result for अर्घा भगवती विमानस्थल
रुख कटान सुरु भएपछि अब ढिलै भए पनि विमानस्थल बन्छकि भन्नेमा स्थानीय तथा जिल्लाबासीहरुले आसा गर्न थालेकोमा त्यो आशा पनि निरासामा परिणत हुनेत हैन भन्ने चर्चा चल्न थालेको छ । कतिपयले चुनावको बेला रुखहरु कटान भएपनी, काम अगाँडी बढ्न नसक्नुले चुनाव जित्न देखाईएको सक्रियता मात्र भएको आरोप लगाएका छन । जिल्लाबासीहरु अहिले सन्धिखर्कबाट रुपन्देहीको भैरहबामा गएर हबाइ यात्रा गरिरहेका छन ।
आफ्नै जिल्लामा विमानस्थल भएमा बिहान काठमाण्डौ गई काम सकेर साझ घर फर्कन सक्ने सपना देखेका जिल्लाबासीको सपना पुरा हुन कति बर्ष लाग्ने हो त्यो भने हेर्न बाकी छ । २०७३ सालको असार १३ गते भएको शिलान्यास कार्यक्रममा तत्कालिन उपप्रधानमन्त्री टोप बहादुर रायमाझि मात्र नभई नागरिक उड्यन प्राधिकरणका निर्देशक धु्रवदास मोहिमोया पनि उपस्थित हुनुहुन्थ्यो । नगारिक उड्न प्राधीकरणले काम गर्न ढिला गरेकोमा विमानस्थल बन्ने नबन्नेमा जिल्लाबासीहरु शसंकित भएका छन ।
Related image