सागर महत
सन्धिखर्क, अर्घाखाँची ३१ साउन । नेपाल प्रेस युनियन अर्घाखाँचीले पत्रपत्रिका बर्गिकरणमा लापरवाही र पक्षपात भएको भन्दै सुचना तथा प्रबिधि मन्त्रि गोकुल बास्कोटालाई ज्ञापन पत्र पठाएको छ ।
युनियनले आज प्रमुख जिल्ला अधिकारी खिमराज भुसाल मार्फत मन्त्रि बास्कोटालाई ज्ञापन पत्र पठाएको हो ।
युनियनले ज्ञापन पत्रमा प्रेस काउन्सिलले पत्रपत्रिका बर्गिकरण गर्दा बिधि र प्रक्रिया पुरा नगरेको र निरन्तर प्रकाशित भएका पत्रपत्रिकालाई भन्दा पार्टी तथा व्यक्ति निकटका पत्रिकालाई बर्गिकरणमा प्राथमिकता दिएकोले तत्काल सच्याउन र पुन बर्गिकरण गर्न माग गरेको छ ।
ज्ञापनपत्र बुझाउदै नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तथा पत्रकार महासंघका सदस्य प्रेमनारायण आचार्यले आफना मागको सुनुवाई नभए प्रेस युनियन चरणबद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी भुसालले ज्ञापन पत्र तत्काल सञ्चारमन्त्रि समक्ष पठाउने जानकारी दिनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि प्रेमनारायण आचार्य, सहसचिव रुद्रमणि भुसाल, कोषाध्यक्ष अशोक पौडेल, सदस्य लक्ष्मण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।